बर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथलाई लगनटोलबाट जनवहाल लगियो
- बैशाख ८, २०८१ मा प्रकाशित
कासिनन्यूज,
काठमाडौँ ।
सेतो मच्छिन्द्रनाथलाई शनिबार रथबाट निकालेर लगनटोलबाट जनवहाल लगिएको छ । हरेक बर्ष चैत्र शुक्ल अष्टमीका दिनबाट रथयात्रा सुरु गरिन्छ । यसअघि शुक्रबार लगनटोलमा रहेको मन्दिरमा रथलाई तीन पटक घुमाइएको थियो ।
अष्टमीका दिन निकालिएको सेतो मच्छिन्द्रनाथको मूर्तिलाई पूर्णिमाका दिन मन्दिरमा लगेर रथ यात्रा बिसर्जन गर्नु पर्ने प्रचलन छ । हिन्दू र वौद्ध धर्माबलम्बीहरुले सेतो मच्छिन्द्रनाथलाई बर्षा र सहकालका देवताका रुपमा श्रद्धापूर्वक पूजा आराधना गर्छन् ।
शैव सम्प्रदायले शिवका रुपमा, शाक्त सम्प्रदायले शक्तिका रुपमा, बौद्ध महायान तथा बज्रयान सम्प्रदायले आर्यावलोकितेश्वरका रुपमा आस्थापूर्वक पूजा गर्नु धार्मिक सदभाव र सहअस्तित्वको उदाहरण हो ।
यसरी गरिने पूजा आराधनाबाट अनिष्ट हट्ने, अकाल मृत्युबाट बच्न सकिने, अशान्ति र असुरक्षाबाट बच्न सकिने, घरमा लक्ष्मी भित्रिने, परिवारमा सुख, शान्ति र समृद्धि छाउने विश्वाश गरिन्छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments