पाँच प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना, मधेश र कोशीमा हावाहुरी चल्ने

- बैशाख १०, २०८१ मा प्रकाशित


कासिनन्यूज,
काठमाडौँ ।

हाल कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भेगको मौसम मुख्यतया सफा रहेको छ । सोमबार दिउँसो गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भेगका थोरै स्थान तथा कोशी र बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मधेश प्रदेशको तराई भू-भागका केही स्थानमा साथै कोशी र लुम्बिनी प्रदेशको तराई भू-भागका थोरै स्थानमा हावाहुरीको सम्भावना छ।

सोमबार राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । मधेश र कोशी प्रदेशको थोरै स्थानमा हावाहुरीको सम्भावना छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर