कासिनन्यूज,
काठमाडौं ।
इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत बुधबारराति भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरु (आरसिबी)सँग सनराइजर्स हैदरावाद ३५ रनले पराजित भएको छ।
टस जितेर सुरुमा ब्याटिङ गरेको अंक तालिकाको पुछारमा रहेको आरसिबीले दिएको २०७ रनको लक्ष्य पूरा गर्न नसक्दा हैदरावाद ३५ रनले पराजित भएको हो।
आरसिबीको जितका लागि विराट कोहली र रजत पाटीदारले अर्धशतक बनाए। कोहलीले ४३ बल खेल्दा ४ चौका र १ छक्काको मद्दतमा ५१ रन बनाए। पाटीदारले भने शानदार प्रदर्शन गर्दै २० बलमा अर्धशतक पूरा गरे। कप्तान फाफ डु प्लेसिस २५ रनमा आउट हुँदा क्यामरुन ग्रीनले नटआउट ३७ रन बनाए। आरसिबीले सात विकेटको क्षतिमा २०६ रन बनाएको थियो।
हैदरावादका लागि जयदेव उनाडकटले तीन विकेट हात पारे। टि नटराजनले दुई विकेट लिँदा प्याट कमिन्स र मयंक मार्कण्डेले एकएक विकेट लिए।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments