समाजको कुप्रथालाई चित्रण गर्ने ‘बोक्सीको घर’ देशभरका हलमा एकसाथ प्रर्दशन हुँदै

- बैशाख १४, २०८१ मा प्रकाशित


कासिनन्यूज,
काठमाडौं ।

नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ बिहिबारबाट रिलिज भएको छ । फ्राइडे रिलिजअन्तर्गत आजबाट ‘बोक्सीको घर’प्रदर्शनमा आएको हो ।

सुलक्षण भारतीको लेखन तथा निर्देशनमा बनेको फिल्ममा अभिनेत्री केकी अधिकारी शीर्ष भूमिकामा छिन् । साथमा सुपला सापकोटा, श्वेच्छा राउत, रमा थपलिया, सुलक्षण भारती, सुष्मा निरौला, सबिन बास्तोला, जीवन बराल लगायतको अभिनय फिल्ममा छ ।

८ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’मा आधारित रहेर यो फिल्म निर्माण भएको हो । केकीकै होम प्रोडक्शनबाट निर्माण भएको फिल्मको निर्मातामा बद्री अधिकारी छन् भने कार्यकारी निर्माता राज घिमिरे हुन् ।

महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि रहेर फिल्म बनेको हो । सोसल–थ्रिलर जनरामा निर्माण भएको फिल्मले समाजको कुप्रथालाई चित्रण गर्ने केकीले बताइन् ।

नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनमा आउने फिल्मलाई अन्तर्राष्ट्रिय फेस्टिभलमा समेत लैजाने योजना केकीको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर