भोजपुर गोल्डकप : चर्च ब्जाइज फाइनलमा, आर्मीसँग उपाधि भिडन्त
- बैशाख १४, २०८१ मा प्रकाशित
कासिनन्यूज,
भोजपुर ।
भोजपुरमा जारी सातौँ अन्तराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकपमा प्रतियोगितामा सलहेश युवा क्लव सिराहलाई हराउँदै चर्च ब्जाइज युनाइटेड काठमाडौंले त्रिभुवन आर्मीसँग उपाधि भिडन्त पक्का गरेको छ । शुक्रबार भएको सेमिफाइनल खेलमा सलहेशलाई २-१ गोलअन्तरले हराउँदै चर्च ब्वाइज फाइनलमा पुगेको हो ।
खेलको पहिलो हाल्फको ३१ औँ मिनेटमा सलहेशका आसिस चापागाईंले अग्रता दिलाएका थिए । तर खेलको ४३ औँ मिनेटमा पेनाल्टीमार्फत चर्च ब्जाइजका नविन लामाले खेललाई बराबरीमा ल्याए ।
प्रतिस्पर्धात्मक खेलको दोश्रो हाल्फको अतिरिक्त समयमा चर्च ब्वाइजका आरमण्डले निर्णायक गोल गरे । खेलको म्यान अफ द म्याच चर्ज ब्वाइजका अवयोमी बने । प्रतियोगिताका विजेता र उपविजेताले उपाधिसहित क्रमशः ५ लाख र ३ लाख पाउने छन् ।
भोजपुर रंगशालामा वैशाख ९ बाट शुरु भएको प्रतियोगितामा ‘ए’ डिभिजनका दुईसहित आठ टिमले सहभागिता जनाएका छन् । फाइनल खेल शनिबार त्रिभुवन आर्मी क्लब र चर्च व्वाइजबीच हुने भएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments