इंडियन प्रिमियर लिग : मुम्बइलाई १८ रनले हराउँदै कोलकाता प्लेअफमा पुग्यो
- बैशाख ३०, २०८१ मा प्रकाशित
कासिनन्यूज,
काठमाडौं ।
कोलकत्ता नाइट राइडर्स इंडियन प्रिमियर लिगको प्लेअफमा पुगेको छ । शनिबार राति भएको खेलमा मुम्बइ इन्डियन्सलाई पराजित गर्दै कोलकाता प्लेअफमा पुग्ने पहिलो टोली बनेको हो । वर्षाले प्रभावितल भएको खेलमा कोलकत्ताले मुम्बइलाई १८ रनले पराजित गरेको हो ।
१६ ओभरमा घटाइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले ७ विकेटको गुमाएर १५७ रन बनाएको थियो । कोलकाताका वेंकटेश ऐयरले २१ बलमा सर्वाधिक ४२ रन बनाए । नितिश रानाले २३ बलमा ३३ रन बनाउँदा आन्द्रे रसेलले २४ तथा रिन्कु सिंहले २० रन जोडे । ओपनर भने चल्न सकेनन् ।
मुम्बइका जस्पृत बुम्राह र पियुस चावलाले दुईरदुई विकेट लिए भने नुवान् थुसरा र अंशुल कम्बोजले एकरएक विकेट लिए । १५८ रनको लक्ष्य पछ्याएको मुम्बइले १६ ओभरमा ८ विकेट गुमाएर १३९ रन मात्र बनायो । मुम्बइका इशन किसनले ४०, तिलक बर्माले ३२, रोहित शर्माले १९ र नमन धिरले १७ रन बनाए ।
कोलकत्ताका हर्षित राना, बरुण चक्रवर्ती र आन्द्रे रसेलले समान दुईरदुई तथा सुनिल नारायणले एक विकेट लिए । यो जितपछि १२ खेलबाट १८ अंक जोडेको कोलकाता शीर्ष स्थानमा रहँदै प्लेअफको यात्रा पक्का गरेछ । एक खेल खेल्न बाँकी रहेको मुम्बइ भने ८ अंकमा सीमित छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments