क्यानले ग¥यो लामिछानेमाथिको निलम्बन फुकुवा, बलात्कार मुद्दामा सफाइसँगै विश्वकपमा जाने बाटो खुल्यो

- जेष्ठ २, २०८१ मा प्रकाशित


कासिनन्यूज,
काठमाडौं ।

नेपाल क्रिकेट संघ ९क्यान० ले सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ । क्यानले पाटन उच्च अदालतको फैसला बमोजिम सन्दीपमाथिको निलम्बन फुकुवा गरेको अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिएका हुन् । पाटन उच्च अदालतले बुधबार मात्रै सन्दीपलाई बलात्कार मुद्दामा सफाइ दिएको छ ।

सफाइ दिने पाटन उच्च अदालतको फैसला लगत्तै क्यानका सचिव पारस खड्काले निलम्बन फुकुवाका लागि बोर्डमा छलफल थालिएको बताएका थिए ।

निलम्बन फुकुवा भइसकेपछि सन्दीपको टी-२० विश्वकप खेल्ने ढोका खुलेको छ । क्यानले अदालतको फैसलाअनुसार निर्णय लिएको हो । बलात्कार जस्तो गम्भीर मुद्दामा सफाइ पाएसँगै सन्दीपले नेपाली राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्ने ढोका पनि खुलेको छ ।आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा टी(२० विश्वकप हुँदैछ । यो विश्वकपमा नेपालसहित २० देशले प्रतिस्पर्धा गर्दैछन् ।विश्वकपका लागि यसअघि नै नेपालले रोहित पौडेलको कप्तानीमा टोली घोषणा गरिसकेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले गत १ सम्म टोली घोषणाका लागि समय दिएको थियो। आईसीसीको निर्देशनअनुसार नेपाल क्रिकेट संघ (क्यान) ले १५ सदस्यीय टोली घोषणा गरिसकेको छ ।

उच्च अदालतबाट सफाइ पाए र क्याबाट निलम्बन फुकुवापछि सन्दीपले आगामी टी–२० विश्वकप खेल्न पाउने भएका छन् ।विश्वकपका लागि यसअघि नै नेपालले टोली घोषणा गरे पनि मुनासिव कारण खुलाएर टोलीको सदस्य हेरफेर गर्न पाउँछ । त्यसका लागि आईसीसीले समय पनि दिएको छ ।

आईसीसीले विश्वकपमा सहभागी राष्ट्रहरूलाई उचित कारण देखाएर टोलीमा हेरफेर गर्न मे २४ सम्मको समय दिएको छ । त्यसका लागि नेपालसँग ९ दिन समय छ ।

यसअघी जिल्ला अदालत काठमाडौंले सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गरेपछि क्यानले २०८० पुस २६ गते निलम्बन गरेको थियो । उनलाई त्यसबेला आठ वर्ष कैद सजाय तोकिदिएपछि क्यानले उक्त निर्णय लिएको थियो ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले कैद सजायसँगै सन्दीपबाट ३ लाख जरिवानासहित पीडितलाई ५लाख क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएसँगै क्यानले अदालतको निर्णय पालन गरिएको जनाएको थियो । २०७९ भदौमा एक युवतीलाई होटेलमा लगेर बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत काठमाडौंले उनलाई १३ पुस २०८० मै दोषी ठहर गरेर पुस २६ गते सजाय सुनाएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर