राम्रो आम्दानीको प्रलोभन : भारतको कश्मीरमा बन्धक बनाईएका ३६ जना नेपालीको उद्धार
- जेष्ठ २, २०८१ मा प्रकाशित
कासिनन्यूज,
काठमाडौं ।
नेपालबाट मजदुरीका लागि भारतको कश्मीर पुर्याएर बन्धक बनाई काममा लगाइएका ३६ जनाको उद्धार भएको छ ।
दलालहरूले राम्रो आम्दानीको प्रलोभन देखाएर सर्लाही, महोत्तरी र धनुषाका गाउँबाट उनीहरूलाई कश्मीर पुर्याएका थिए । कश्मीर लगेपछि नगद, नागरिकता र मोबाइल खेसेर ठेकेदारले पारिश्रमिकसमेत नदिई कुटपिट, डररधम्की देखाएर काममा लगाउँदै आएको थियो ।
झन्डै तीन महिना बन्धक बनाएपछि दिल्लीमा रहेको नेपाली दूतावास, जम्मु–कश्मीर पुलिस, क्राइम ब्रान्चको सहयोगमा उनीहरूलाई उद्धार गरी दिल्ली पुर्याइएको हो । उद्धारका लागि सामाजिक संस्था किन इन्डियाले पहल गरेको हो ।
उद्धारका लागि कश्मीर पुगेका किन इन्डियाका प्रमुख नवीन जोशीले बिहारबाट नेपाली गाउँमा पुगेका दलालहरूले नेपाली मजदुरलाई फकाएर ल्याएको देखिएको बताउनुभयो । उद्धार गरिएका सर्लाहीका दिनेश पासवानले काम गर्नका लागि भनेर लगिएको तर कुटपिट गरी मोबाइल, नगद सबै खोसेर काममा लगाएको बताए ।
ठेकेदारको बन्धकबाट भागेका एक जनाले आफन्तलाई खबर गरेपछि बाँकी मजदुर मुक्त गर्ने पहल शुरु भएको हो । उनीहरूलाई कानुनी प्रक्रिया पूरा गरी नेपाल फर्काउने काम भइरहेको दिल्लीमा रहेको नेपाली दूतावासले जनाएको छ । नेपाली मजदुरलाई बन्धक बनाउने दुई जना पक्राउ परेका छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments