संसद्मा जारी गतिरोध अन्त्यको प्रयासस्वरुप कांग्रेससँग प्रधानमन्त्रीको वार्ता स्थगित
- जेष्ठ ४, २०८१ मा प्रकाशित
कासिनन्यूज,
काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरूबीच शुक्रबार साँझ हुने भनिएको वार्ता स्थगित भएको छ । संसद्मा जारी गतिरोध अन्त्यको प्रयासस्वरुप प्रधानमन्त्रीको पहलमा संसद्मा आन्दोलनरत प्रतिपक्षी कांग्रेससँग हुन लागेको छलफल स्थगित भएको हो ।
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीसँग हुने भनिएको छलफल स्थगित भएको बताए । तर त्यसको कारण भने उनले खुलाएनन् ।लेखकका अनुसार अब प्रधानमन्त्रीसँग शनिबार बिहान साढे ८ बजे सरकारी निवास बालुवाटारमा संवाद हुने उनले बताए ।
प्रधानमन्त्रीले शुक्रबार साँझ ६ बजे कांग्रेस नेताहरूलाई छलफलका लागि बोलाएका थिए । तर प्रधानमन्त्री सत्ता पक्षीय नेताहरूसँग रणनीति तय गर्न जुटेका छन् । यसअघि शुक्रबार बिहान कांग्रेसले बोलाएको प्रतिपक्षी दलहरूको संयुक्त बैठकले सहकारी ठगी प्रकरणमा संलग्न भनिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठन गरिनुपर्ने निष्कर्ष निकालेका थिए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments