सूर्य देव र देवी छायाका पुत्र शनिदेवको पूजा गर्नुहोस्, पुण्य प्राप्त हुन्छ – यस्तो छ पूजा गर्ने बिधि
- जेष्ठ ५, २०८१ मा प्रकाशित
कासिनन्यूज,
काठमाडौं ।
हिन्दु धर्ममा आस्था राख्ने मानिसहरुको हप्ताको सातै दिन फरक-फरक भगवानको पुजा गर्ने चलन छ । त्येस्तै आज शनिबार शनिदेवको पुजा गर्ने चलन छ ।
शास्त्र अनुसार शनिदेव सूर्य देव र देवी छायाका पुत्र हुन् । इनको जन्म ज्येष्ठ महिनाको अंवस्यामा भएको थियो । शुद्ध मन बाट प्रत्येक शनिवारको दिन व्रत राखदा शनिदेव प्रसन्न हुन्छन् ।
शनिको प्रभाव
नव ग्रहहरुमा सातौ ग्रह मानिने शनिदेव संग मानिसहरु सबैभन्दा धेरै डराउन्छन् तर शनिदेवले कसैको अहित गर्दैनन् । व्याक्त्तिहरुको कर्म अनुसार न्याय गर्ने मान्यता छ । न्यायाधीश को रूपमा पनि भनिन्छ । शनिवारमा शनिदेवको पूजा गर्दा व्यक्ति माथिको साढ़ेसाती र ढैया समाप्त हुने र कुन्डलीमा भएको कम्जोर शनिको प्रभाव पनि नाश हुन्छ विश्वास छ ।
शनिदेवको को पुजा यसरी गर्नुहोस्
शनि जयंतीमा प्रातःकाल उठेर स्नानादि गरेर शुद्ध होउ। त्यस पछी काठको टुक्रामा एक कालो कपड़ा बिछाएर त्यस माथि शनिदेवको प्रतिमा राखौ । त्यसपश्चात उनको मुर्तिको राखिएको काठको टुक्राको दुइटै कुनामा घिउको दीपक जलाउ र सुपारी चढ़ाउ । त्यसपश्चात शनिदेवलाई पंचगव्य, पंचामृत, इत्र बाट स्नान गराउ। उनिलाइ कालो या नीलो रंगको फूल चढाउ । त्यसपश्चात गुलाल, सिंदूर, कुमकुम र काजल लगाउ। पूजामा तेलमा तलेको वस्तुहरुको नैवेद्य समर्पित गरौ। यस दौरान शनि मंत्रको कम से कम एक माला जप गरौ ।
शनि ग्रह को पिडा बाट बचन तल दियेको पाच मन्त्र को जाप गर्दा शनि को पिडा कम हुन्छ र शनि देब प्रसन्न हुन्छन् ।
शनि पुजा गर्दा यो पाच मन्त्र को १०८ पटक जाप गर्दा शुभ हुन्छ ।
पहिलो – शनि बीज मंत्र ऊं प्राँ प्रीं प्रौं सः शनैश्चराय नमः ।
दोस्रो – विनियोग मंत्र शन्नो देवीति मंत्रस्य सिन्धुद्वीप ऋषिः गायत्री छंदः, आपो देवता, शनि प्रीत्यर्थे जपे विनियोग
तेस्रो – शनि गायत्री मंत्र ॐ कृष्णांगाय विद्य्महे रविपुत्राय धीमहि तन्नः सौरिः प्रचोदयात ।
चौथो – शनि वेद मंत्र ॐ प्राँ प्रीँ प्रौँ सः भूर्भुवः स्वः ॐ शन्नो देवीरभिष्टय आपो भवन्तु पीतये शंय्योरभिस्त्रवन्तु नः। ॐ स्वः भुवः भूः प्रौं प्रीं प्रां ॐ शनिश्चराय नमः।
पाचौ – जप मंत्र ऊं प्रां प्रीं प्रौं सः शनिश्चराय नमः।
शनि पुजामा ध्यान दिनु पर्ने कुरा
१- हरेक शनिवार मंदिरमा तोरिको तेलको दियो जलाउ । ध्यान राखौ कि यो दियो उनको मूर्तिको अगाडि नभएर मंदिरमा राखेको उनको शिलाको अगाडि जलाउ ।
२- यदि आस-पास शनि मंदिर नभएमा पीपलको रुखको अघि तेलको दियो जलाउं। यदि त्यो पनि नभए तोरिको तेल गरीबलाई दान गरौ ।
३- शनिदेवलाई तेलको साथै तिल, कालो दाल या कुनै कालो वस्तु पनि भेंट गरौ ।
४- भेंट पश्चात शनि मंत्र या फिर शनि चालीसाको जाप गरौ ।
५- शनि पूजा पश्चात हनुमान जी को पूजा गरौ। उनको मूर्तिमा सिन्दूर लगाउ र केला अर्पित गरौ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments