गोरखाको जग्गा पार्टीलाई हस्तान्तरण गरेका परराष्ट्रमन्त्री श्रेष्ठ दाहालले दिएको पुरानो गाडी चढ्छन् !
- जेष्ठ ८, २०८१ मा प्रकाशित
कासिनन्यूज,
काठमाडौं ।
उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मंगलबार सार्वजनिक भएको सम्पत्ति विवरणअनुसार नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठसँग संघीय राजधानी काठमाडौंमा घर छैन ।
उनी अहिले ललितपुरस्थित सरकारी निवासमा बस्छन् । मन्त्री नभएका बेला उनको बास भाडाको घरमा हुने गरेको छ । श्रेष्ठका अनुसार गृहजिल्ला गोरखाको सिराञ्चोक गाउँपालिका-८ मा पैत्रिक सम्पत्तिका रुपमा रहेको ३१ रोपनी १५ आना १ पैसा एक कित्ता, १ रोपनी १० आना १ पैसा १ दाम अर्को कित्ता र ५ रोपनी ७ आना ३ पैसा ३ दाम अर्को कित्ता जग्गा रहेको छ ।
त्यो सबै सम्पत्ति पनि आफूले २०५८ सालमा पार्टीलाई हस्तान्तरण गर्ने घोषणाअनुसार प्रक्रियामा रहेको उनले जनाएका छन् । उनीसँग राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार शाखाको खातामा १ लाख २२ हजार ९१८ रुपैयाँ ६४ पैसा बचत रहेको सम्पत्ति विवरणमा देखाइएको छ । नारायणकाजीले आफूसँग कुनै किसिमको शेयर, ऋण र पशुधनसमेत नरहेको उल्लेख गरेका छन् ।
उनले अहिले आफू नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले उपलब्ध गराएको पुरानो गाडी चढिरहेको पनि जनाएका छन् । बा १० च ५७५९ नम्बरको उक्त गाडी आफूलाई दाहालले प्रयोग गर्न दिएकाले त्यसको खरिद मूल्य र मिति दुवै थाहा नभएको पनि श्रेष्ठले जनाएका छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments