इन्डियन प्रिमियर लिग : राजस्थानलाई आरसिबीले दियो १७३ रनको लक्ष्य
- जेष्ठ ९, २०८१ मा प्रकाशित
कासिनन्यूज,
काठमाडौं ।
इन्डियन प्रिमियर लिग (आईपिएल) को एलिमिनेटरमा राजस्थान रोयल्सलाई रोयल च्यालेन्जर्स बैंग्लोरु (आरसिबी)ले १७३ रनको लक्ष्य दिएको छ । नरेन्द्र मोदी स्टेडियम टस हारेर ब्याटिङको निम्तो पाएको आरसिबीले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १७२ रन बनायो ।
उसका लागि विराट कोहलीले ३३ रन बनाए । २४ बलको सामना गरेका कोहलीले तीन चौका र एक छक्का प्रहार गरेका थिए । त्यस्तै रजत पाटीदारले २२ बलमा दुई चौका र दुई छक्काको मद्दतमा ३४ रन बनाए । कप्तानल फाफ डु प्लेसिस १७ रनमा आउट हुँदा क्यारुन ग्रिनले २७ बनाए ।
ग्लेन म्यासवेल शुन्य रनमा आउट भए । १७ बलको सामना गरेका महिपाल लोमरले दुई चौका र दुई छक्काको मद्दतमा ३२ रन बनाए पछि आरसिबीले प्रतिस्पर्धात्म लक्ष्य दिएको हो ।
राजस्थानका लागि आवेश खानले तीन विकेट लिए । चार ओभर बलिङ गरेका खानले ४४ रन खर्चिएर तीन विकेट हात पारेका हुन् । रविचन्द्र आश्वीनले दुई लिँदा सन्दीप शर्मा, ट्रेन्ट बोल्ट र युजवेन्द्र चहलको नाममा एक एक विके रह्यो ।
बुधबारको खेलमा पराजित टिमको आईपिएल यात्रा सामाप्त हुनेछ भने विजयी टिमले पहिलो क्वालिफायरमा पराजित सनराइजर्स हैदरावादसँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ।
पहिलो क्वालिफायरमा कोलकाता नाइट राइडर्ससँग ८ विकेटले पराजित हुँदै हैदरवाद तेस्रो क्वालिफायरमा पुगेको छ। कोलकाता सिधै फाइनल पुगिसकेको छ। दोस्रो क्वालिफायरको विजेताले कोलकातासँग फाइनल खेल्नेछ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments