बिना निष्कर्ष टुङ्गियो कार्यदलको बैठक, सहमति नजुटे पछि नेताहरू बालुवाटारतिर
- जेष्ठ १२, २०८१ मा प्रकाशित
कासिनन्यूज,
काठमाडौं ।
सहकारी ठगी प्रकरण छानबिनका लागि गठन गरिने संसदीय समितिको कार्यादेश निर्धारण गर्न गठित कार्यदल बैठक सहमतिबिनै टुङ्गिएको छ । बैठक बिना निष्कर्ष टुङ्गिएपछि कानून मन्त्रालयबाट कार्यदल सदस्यहरू सीधै प्रधानमन्त्री निवास बालुवाटारतिर लागेका छन् । कार्यदलको बैठक सकिएपछि नेताहरू बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न गएका हुन् ।
कानून मन्त्री पदम गिरीले बैठकमा सहभागी कार्यदलका सदस्यहरू प्रधानमन्त्री निवास बालुवाटार प्रस्थान गरेको जानकारी दिए । उनका अनुसार कार्यदलमा सहमति नजुटेपछि शीर्ष नेताहरूबीच नै छलफल गरेर सहमति जुटाउन प्रधानमन्त्री दाहालले बैठक बोलाएका छन् ।
प्रधानमन्त्रीसँगको छलफलमा कांग्रेस महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक, उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्ण सिटौला, ज्ञानेन्द्र कार्की सहभागी छन् । यस्तै सत्ता पक्षका एमालेबाट उपप्रधान तथा भौतिक पूर्वधानमन्त्री रघुवीर महासेठ र सांसद विष्णु पौडेल सहभागी छन् । अर्थमन्त्री वर्षमान पुन पनि बालुवाटार पुगेका हुन् ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकका अनुसार शेरबहादुर देउवा भने बिरामी परेका कारण बैठकमा उपस्थित छैनन् । लेखकले भने, ‘प्रधानमन्त्रीले छलफलमा बोलाउनु भएर हामी आएका छौं ।’
कार्यदलको बैठकमा सहभागी एमाले प्रमुख सचेतक महेश बर्तौलाले भने, ‘अहिलेलाई बैठक सकिएको छ । छलफल जारी छ । हामी प्रधानमन्त्रीसँग छलफलका लागि बालुवाटार हिनेका छौँ ।’ उनका अनुसार बैठकमा भएका कुराहरू प्रधानमन्त्रीकहाँ प्रस्तुत हुने गरिनेछ ।
शनिबार बसेको कार्यदल बैठकमा कार्यदलमा कानूनमन्त्री गिरी, कांग्रेस सहमहामन्त्री जीवन परियार, संसद् ज्ञानेन्द्रबहादुर कार्की, एमाले प्रमुख सचेतक बर्तौला र रास्वपाबाट शिशिर खनाल सहभागी थिए । माओवादी प्रमुख सचेतक हितराज पाण्डे पनि बैठकमा पुगेका थिए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments