दोस्रो जासुसी उपग्रह प्रक्षेपण गर्दै उत्तर कोरिया
- जेष्ठ १५, २०८१ मा प्रकाशित
कासिनन्यूज,
काठमाडौं ।
उत्तर कोरियाले छिट्टै जासुसी भूउपग्रह प्रक्षेपण गर्ने तयारी गरेको छ ।उत्तर कोरिया आफैँले यो जानकारी जापानलाई दिएको छ । यसको पुष्टि गर्दै जापान कोस्ट गार्डले उत्तर कोरियाले मे २८ देखि जुन ४ सम्ममा भूउपग्रह प्रक्षेपण गर्ने जनाएको छ । तर, उत्तरले प्रक्षेपणको मिति भने दिएको छैन ।
समाचार एजेन्सी एपीको रिपोर्ट अनुसार उत्तर कोरियाले जापानलाई उपग्रह प्रक्षेपणको बारेमा जानकारी दिएको उल्लेख गरेको छ ।
जापानी प्रधानमन्त्री फुमियो किशिदाले अमेरिका, दक्षिण कोरिया र अन्य देशलाई यस विषयमा हस्तक्षेप गर्न आग्रह गरेका छन् । यी देशहरूले यो प्रक्षेपण स्थगित गर्ने प्रयास गर्नुपर्ने उनले बताएका छन् ।
दक्षिण कोरियाको सेनाले पनि उत्तर कोरियाले जासुसी उपग्रह प्रक्षेपण गर्ने तयारी गरिरहेको जानकारी प्राप्त गरेको पुष्टि गरेको छ ।
यसले उत्तर(पश्चिममा अवस्थित टोङचाङ्ग्री प्रक्षेपण सुविधाबाट उपग्रह प्रक्षेपण गर्नेछ । यस वर्षको सुरुमा उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनले सन् २०२४ मा ३ वटा जासुसी उपग्रह प्रक्षेपण गर्ने तयारी गरिरहेको घोषणा गरेका थिए ।
यसअघि नोभेम्बरमा उत्तर कोरियाले पहिलो जासुसी उपग्रह प्रक्षेपण गरेको थियो । यो प्रक्षेपण तेस्रो प्रयासमा सफल भयो।
त्यसपछि उत्तर कोरियाले यो भूउपग्रहमार्फत अमेरिका र दक्षिण कोरियाको सैन्य गतिविधिमाथि नजर राख्न सक्ने बताइएको थियो ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments