धनगढीको वर्षकै सर्वाधिक तापक्रम ४४ डिग्री नाघ्यो

- जेष्ठ १७, २०८१ मा प्रकाशित


कासिनन्यूज,
धनगढी ।

सुदूरपश्चिमको राजधानी धनगढीको तापक्रम ४४ डिग्री सेल्सियस नाघेको छ । मौसम तथा विज्ञान विभाग अन्तर्गतको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाकाअनुसार बुधबार मापन गरिएको रेकर्ड ब्रेक गर्दै बिहीबार ४४।१ डिग्री सेल्सियस मापन गरिएको छ ।

कार्यालयका मौसम विज्ञान सहायक सिंगल चौधरीले दिउँसो मापन गरिएको रेकर्डअनुसार बुधबार ४३।३६ डिग्री सेल्सियसको रेकर्ड बिहीबार नै तोडिएको बताए । बिहीबारको तापक्रम वर्षकै सर्वाधिक भएको मौसम तथा विज्ञान विभागले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर