काठमाडौंमा चट्याङसहित चर्को हावाहुरी चलेपछि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित
- जेष्ठ १७, २०८१ मा प्रकाशित
कासिनन्यूज,
काठमाडौं ।
काठमाडौंमा बिहीबार साँझ चर्को हावाहुरी चलेको छ । चट्याङसहित हावाहुरी चलेपछि काठमाडौं आइरहेका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् । चट्याङसहित तीव्र हावाहुरी चलेकाले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका जहाज डाइभर्ट र होल्ड गरिएको छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार आन्तरिक उडानका केही जहाज डाइभर्ट भएका छन् । काठमाडौंबाट झापाका लागि उडेको बुद्ध एयरको जहाज अवतरण हुन नसकेर जनकपुर विमानस्थलमा पुगेको छ ।
झापाका लागि उडेको जहाजमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका यात्रु थिए । भद्रपुरबाट काठमाडौं फर्किएको अर्को जहाज पनि त्रिभुवन विमानस्थलमा अवतरण हुन नसकेर जनकपुर नै पुगेको छ ।
उता खराब मौसमका कारण काठमाडौंमा अवतरण गर्न नसकेपछि धनगढीबाट उडेको श्री एअरलाइन्सको जहाज भैरहवा विमानस्थलमा अवतरण गरेको छ ।साहित्यकार डा। नवराज लम्सालका अनुसार ७२ जना यात्रु बोकेको जहाज काठमाडौंमा अवतरण हुन नसकेपछि भैरहवा डाइभर्ट भएको थियो ।
मौसममा सुधार आएपछि जहाज पुनः काठमाडौँ उड्ने चालक दलका सदस्यले बताएका लम्सालले जानकारी दिएका छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments