एमाले ‘महिला भेला’ को निष्कर्ष : चुनावी गठबन्धनका कारण महिलाको प्रतिनिधित्व घट्यो
- जेष्ठ १८, २०८१ मा प्रकाशित
कासिनन्यूज,
काठमाडौं ।
नेकपा एमालेको राष्ट्रिय महिला भेलाले चुनावी गठबन्धनका कारण कानुनले निर्धारण गरेको प्रतिनिधित्व घटेको निष्कर्ष निकालेको छ । बिहिबार र बुधबार काठमाण्डौमा चलेको भेलाले गठबन्धनको नाममा कानूनी छिद्रको दुरुपयोग गर्दै महिलाका लागि निर्धारित प्रतिनिधित्व घटाउने काम भएको निष्कर्ष निकालेको हो ।
चुनावी गठबन्धनका क्रममा दलहरूले पुरुषहरूलाई प्राथमिकता दिँदा महिलाको निर्वाचित हुने प्रतिनिधित्व घटेको भेलाको ठहर छ । भेलापछि एमालेले आज निकालेको विज्ञप्तिमा प्रतिनिधित्वसम्बन्धी कानुन संशोधन गर्न पार्टीको ध्यानाकर्षण गराइएको छ । विज्ञप्तिमा अब बन्ने प्रक्रियामा रहेको निर्वाचनसम्बन्धी कानूनलाई संविधानको धारा ३८ को मर्मअनुसार सबै तह र पदमा समानुपातिक उम्मेदवारीका आधारमा प्रतिस्पर्धा गर्न पाउने प्रावधानको सुनिश्चितता हुनुपर्ने माग गरिएको छ ।
यस्तै भेलाका सहभागीहरूले पार्टीभित्र पुरुष र महिलाको सहभागिता बराबर बनाउन आ–आफ्नो तर्फबाट भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अहिले एमालेमा महिला सदस्य अनुपात झन्डै २७ प्रतिशतमात्र रहेकोमा यसलाई ५० प्रतिशत पुर्याउन विशेष अभियान सञ्चालन गर्ने विज्ञप्तिमा उल्लेख छ ।
भेलाले राज्य, पार्टी र समाजमा महिलाको गुणात्मक सहभागिता बढाउन एमालेले नेतृत्व लिनुपर्नेसहित २१ बुँदे घोषणापत्र जारी गरेको छ । २०६३ सालमा पुनर्स्थापित संसद्बाट महिलाका पक्षमा सङ्कल्प प्रस्ताव पारित भएको दिन पारेर जेठ १६ गते एमालेले महिला भेला गर्दै आएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments