सुरु भयो टी-२० विश्वकप, पहिलो खेलमा अमेरिका र क्यानडा भिड्दै
- जेष्ठ २०, २०८१ मा प्रकाशित
कासिनन्यूज,
काठमाडौं ।
आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा आइतबार बिहान आयोजक अमेरिका र क्यानडा भिड्दै छन् ।
टी-२० विश्वकपको नवौँ संस्करणको पहिलो खेल आइतबार बिहान सुरु हुन लागेका हुन् । यो खेल आइतबार बिहान ६: १५ बजे अमेरिकाको डालासमा पहिलो खेलमा टस जितेर अमेरिकाले क्यानडालाई ब्याटिङको निम्तो दिएको छ ।
आइतबार नै दोस्रो खेलमा अर्को आयोजक राष्ट्र वेस्ट इन्डिज र पपुवा न्यु गिनी (पीएसजी)ले प्रतिस्पर्धा गर्दैछन् । नेपाली समय अनुसार दोस्रो खेल साँझ ८:१५ बजे सुरु हुने छ । आइतबार देखि विश्वकपका खेल सुरु भए पनि नेपालले मंगलबार मात्र पहिलो खेल खेल्नेछ ।
नेपालले जेठ २२ गते मंगलबार नेदरल्यान्डसँग प्रतिस्पर्धा गर्दै विश्वकपको सुरुवात गर्नेछ । विश्वकपको समूह ‘डी’ मा रहेको नेपालले समूह चरणको दोस्रो खेल जेठ ३० गते श्रीलङ्का, तेस्रो खेल असार १ गते दक्षिण अफ्रिका र चौथो खेल असार ३ गते बङ्गलादेशसँग खेल्दैछ।
२० टोलीको सहभागिता रहने विश्वकपमा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ। समूहका शीर्ष दुई टोली सुपर आठमा प्रवेश गर्नेछन्। नेपालले १० वर्षपछि टी-२० विश्वकप खेल्न लागेको हो। नेपालले बङ्गलादेशमा सन् २०१४ मा आयोजना भएको टी-२० विश्वकप खेलेको थियो।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments