टी २० विश्वकप : पीएनजीलाई पाँच विकेटले पराजित गर्दै वेस्ट इन्डिजको शानदार जित
- जेष्ठ २१, २०८१ मा प्रकाशित
कासिनन्यूज,
काठमाडौं ।
आईसीसी टी–२० विश्वकप २०२४ मा वेस्ट इन्डिजले विजयी सुरुवात गरेको छ । आइतबार राति भएको खेलमा पपुवा न्युगिनीलाई पाँच विकेटले हराउँदै वेस्ट इन्डिजले प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।
पीएनजीले दिएको १ सय ३७ रनको लक्ष्य वेस्ट इन्डिजले १९ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो । उसका लागि रोस्टन चेसले नटआउट ४२ रन बनाए । त्यस्तै आन्द्रे रसलले नटआउट १५ रन बनाउँदा ब्रान्डन किंगले ३४, निकोलस पुरनले २७ तथा कप्तान रोभमन पावेलले १५ रन बनाए ।
पीएनजीका लागि कप्तान असद भालाले २ विकेट लिए । अलेई नाओ, चाद सोपर र जोन कारिकोले एक–एक विकेट लिए ।
यसअघि प्रोभिडेन्स स्टेडियम टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३६ रन बनाएको हो ।
पीएनजीका लागि सेसे बाउले अर्धशतक प्रहार गरे । ४३ बलको सामना गरेका बाउले ६ चौका र एक छक्काको मदतमा ५० रन बनाए । त्यस्तै, किपलिन डोरिगाले २७ रन, कप्तान असद भालाले २१ रनको योगदान दिए । चार्ल्स अमिनीले १२ तथा चाड सोपरले १० रन बनाए ।
वेस्ट इन्डिजका लागि आन्द्रे रसल र अल्जारी जोसेफले २–२ तथा अकिल होसेन, रोमारियो सेफर्ड र गुडाकेस मोतीले १–१ विकेट लिए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments