अविवाहित स्त्रीले असल पति पाउँ भनि व्रत बस्ने भगवान शिवको विशेष दिन

- जेष्ठ २१, २०८१ मा प्रकाशित


कासिनन्यूज,
काठमाडौं ।

हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। २०८१ साल जेठ २१ गते सोमबार तदनुसार सन् २०२४ जुन ३ तारिख। जेठ कृष्ण पक्षको एकादशी तिथि। जातीय भेदभाव तथा छुवाछुतविरुद्धको दिवस । यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ।

शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताएपछि सकिन्छ। खाना बेलुकाको आरती सकिएपछि खाइन्छ। दिनमा शिव र पार्वतीको पूजा तथा आराधना गरिन्छ। तर कुनै पनि पूजाको अगाडि गणेशको पूजा भने अनिवार्य नै छ।

सोमबारको उपवासले मानिसको इच्छा अनि आकंक्षा पूरा गर्ने विश्वास रहिआएको छ। त्यस्तै ज्ञान प्राप्ति हुन्छ। अविवाहित स्त्रीले असल पति पाउँ भनि सोमबार व्रत बस्ने चलन अझै पनि छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर