भागबण्डा मिलाउन मन्त्रालय संख्या १२

- जेष्ठ २१, २०८१ मा प्रकाशित


कासिन न्यूज,
बुटवल ।

संघीय सरकारमा देखीएको हल्लिचल्लि सँगै अहिले विभिन्न प्रदेशका सरकारहरु फेरबदल हुने क्रम जारी रहेको छ । यसै क्रममा लुम्बिनी प्रदेश सरकारमा मन्त्रीका रुपमा कृष्णा केसी थपिएकी छिन् । १० वटा मन्त्रालय रहेकोमा भागबण्डा मिलाउन सरकारले मन्त्रालय संख्या १२ र्पुयाएको थियो ।
सोमबार मुख्यमन्त्री जोखबहादुर महराले केसीलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । केसी नेकपा माओवादी केन्द्रबाट बाँके निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित भएकी हुन् ।
२३ चैतमा मुख्यमन्त्री नियुक्त महराले १२ वैशाखमा मन्त्रिपरिषद विस्तार गर्दा ऊर्जा मन्त्रालय आफैंसँग राखेका थिए ।नवनियुक्त मन्त्री केसीले सोमबार नै प्रदेश प्रमुख समक्ष देउखुरीको लुम्बिनी हलमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन् ।
लुम्बिनी प्रदेश सरकारमा एमालेबाट आर्थिक मामिलामन्त्रीसहित ५, माओवादीबाट मुख्यमन्त्रीसहित ३, नागरिक उन्मुक्ति, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीबाट १–१ मन्त्री छन् । एक जना स्वतन्त्र सांसद पनि मन्त्री भएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर