कासिन न्यूज,
काठमाडौं ।
आईसीसी टी–२० विश्वकप २०२४ मंगलबार राति नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । उक्त खेलमा सानदार प्रदर्शन गर्दै टोलीको जितमा हिरो बन्नसक्ने प्रमुख नेपाली खेलाडीमा दीपेन्द्रसिंह ऐरीको नाम अगाडी आएको छ ।
अलराण्डर ऐरी नेपालका प्रमुख हतियार हुन् । ऐरीले मध्यक्रम र तल्लोक्रममा ब्याटिङ गर्नुको साथै अफ स्पिन बलिङ गर्ने गर्दछन् । ऐरी ब्याट र बल मात्रै नभएर फिल्डिङबाट पनि खेल जिताउन सक्ने अद्भूत क्षमता भएका खेलाडी हुन् ।
ऐरीले अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा सानदार प्रदर्शन पनि गर्दै आएका छन् । उनले गत सेप्टेम्बरमा मंगोलियाविरुद्ध ९ बलमा क्रिकेट इतिहासकै सर्वाधिक छिटो अर्धशतक पूरा गरेका थिए । दुई महिनाअघि एसीसी प्रिमियर कपमा कतारविरुद्ध एकै ओभरमा ६ छक्का हानेका थिए ।
बलिङमा पावर प्ले, मध्यक्रम र डेथ ओभर कुनै पनि समयमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । ऐरीले नेपालबाट ६४ टी–२० आई खेलमा १ मा शतक र ९ मा अर्धशतकसहित कुल १६२६ रन बनाउनुको साथै ३७ विकेट लिएका छन् । ऐरी क्रिजमा हुँदासम्म कुनैपनि विपक्षी टोलीलाई डर भइरहन्छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments