कासिन न्यूज,
काठमाडौं ।
२०२३ मा घरेलु मैदानमा भएको आईसीसी टी–२० विश्वकप छनोट एसिया सेमिफाइनलमा यूएईलाई हराएपछि नेपालले १० वर्षपछि टी–२० विश्वकप खेल्ने मौका पाएको हो ।
मंगलबार राति ८ ः ४५ मा नेदरल्यान्ड्सविरुद्ध अमेरिकाको ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा नेपालका कप्तान रोहित पौडेल टसका लागि जानेछन् । र, खेलमा नेपालको एकमात्र लक्ष्य जित हुनेछ ।
२०१४ मा विश्वकप खेलेका तीव्र गतिका बलर सोमपाल कामी मात्रै यस पटक टोलीमा छन्, बाँकी सबै खेलाडीको पहिलो विश्वकप हुनेछ । १५ सदस्य नेपालको टोलीमा करण केसी मात्रै ३० वर्ष कटेका खेलाडी हुन् । ९ खेलाडीको उमेर २५ वर्षभन्दा पनि कम छ ।
रोहित सर्वाधिक कान्छा कप्तान हुन् । उनीपछि अफगानिस्तानका कप्तान राशिद खान कान्छा रहेका छन् । प्रमुख अलराउण्डर दीपेन्द्रसिंह ऐरी २४ वर्षका भए । विश्वकप २०२४ को सबैभन्दा कम उमेरका खेलाडी नेपालकै गुल्सन झा हुन् । गुल्शन १८ वर्ष १०९ दिन भएका छन् । प्रतिश जिसी २० वर्षका भए ।
नेपालको अबको लक्ष्य आगामी दशकमा टेस्ट मान्यता पाउनु र एकदिवसीय विश्वकप खेल्नु हो । टेस्ट मान्यता साकार पार्न विश्वकपमा शानदार प्रदर्शनसँगै ठूला टोलीलाई हराउन अबदेखि नै सुरु गर्नुपर्छ ।
नेपालले सन् १९९६ बाट अन्तर्राष्ट्रिय क्रिकेटमा सुरुआत गरेको थियो । पहिलो कप्तान उत्तम कर्माचार्य थिए, पारस खड्काले २००९ देखि २०१९ कप्तानी गर्दा नेपाली क्रिकेटले ठूलो फड्को मा¥यो । डिभिजन फाइभदेखि थ्रीको उपाधि जित्यो, २०१४ मा पहिलो पटक टी–२० विश्वकप खेल्यो, २०१८ मा ऐतिहासिक ओडीआई मान्यता पायो । यो सफलताको यात्रामा पारससँगै ज्ञानेन्द्र मल्ल शरद भेषावकर, शक्ति गौचन र वसन्त रेग्मीहरु एकै रथका पांग्रा थिए ।
नेपालले पहिलो पटक विश्वकप खेल्दाको माहौलले नै रोहितहरुलाई क्रिकेटतिर तानेको थियो । ‘२०१४ को क्रिकेट हेर्दाको वातावरण म कल्पना गर्न सक्छु, रोहितले भने, ‘अहिले हामी आफैं विश्वकप खेल्ने सपना पूरा गर्दैर्छौं । हामी उत्कृष्ट क्रिकेट खेल्न सक्छौं, नेपाललाई गर्व महसुस गराउन सक्छौं ।’
टी–२० विश्वकपमा नेपाल रहेको समूह डी मा नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, बंगलादेश र श्रीलंका छन् । अन्तर्राष्ट्रिय स्तरमा अन्य चार टोली नेपालभन्दा बलिया हुन् । तर टी–२० क्रिकेटमा कुनै पनि टोलीले अर्कोलाई हराउन सक्छ । त्यसमाथि पनि पहिलो खेल नेदरल्याण्ड्ससँग भएकाले नेपाल उत्साहित छ । ‘पहिलो खेल जित्न सक्यौं भने मोमेन्टम बन्छ, डग आउटमा विश्वास आउँछ’, रोहितले भने ।
पछिल्लो डेढ वर्ष लगातार अन्तर्राष्ट्रिय क्रिकेटमा ब्यस्त रहेको नेपालको निरन्तर एकै टोली, युवा जोश, फिटनेसमा सुधार र उच्च मनोबल सकरात्मक पक्ष हुन् । विदेशी भूमिमा कमजोर प्रदर्शन, ओपनरको खराब लय र डेथ ओभरमा खराब बलिङ नेपालका कमजोर पक्ष हुन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments