संगीत सहित क्रिकेट : नेपाल र नेदरल्याण्ड्सबीचको खेल तीन ठाउँबाट प्रत्यक्ष प्रशारण
- जेष्ठ २२, २०८१ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
काठमाडौं महानगरपालिकाले टी–२० विश्वकप अन्तर्गत मंगलबार राति हुने नेपाल र नेदरल्याण्ड्सबीचको खेल तीन ठाउँबाट प्रत्यक्ष प्रशारण हेर्न मिल्ने व्यवस्था गरेको छ ।
महानगरले काठमाडौंको टुँडिखेल, हाँडीगाउँ र तीनकुनेमा ठूलो पर्दामा प्रत्यक्ष प्रशारण हेर्न मिल्ने व्यवस्था गरेको हो ।
टुँडिखेलमा ३० बाई १८ फिटको एलईडी स्क्रिन राखेर देखाउने महानगरले जनाएको छ । महानगरपालिकाले ओपन डोर्स इन्टरटेनमेन्टको सहआयोजना र खेलकुद मन्त्रालयको सहकार्यमा प्रत्यक्ष प्रसारण हेर्न मिल्ने बनाएको हो ।
टुँडिखेलमा हुने प्रत्यक्ष प्रशारणमा मेयर बालेन शाह पनि सहभागी हुने ओपन डोर इन्टरटेनमेन्टले जनाएको छ । टुँडिखेलमा खेल सुरु हुनुअगाडि इन्दिरा जोशी, रचना रिमाल, महेश काफ्ले र ब्योमा अधिकारीको सांगीतिक प्रस्तुति रहने महानगरले जनाएको छ ।
टुँडिखेलमा खाजा र खानाको स्टल समेत रहनेछ । ९ः १५ देखि हुने खेलका लागि महानगरपालिकाले अपरान्हदेखि नै गेट खुला गरिसकेको छ । यहाँ खेल हेर्न शुल्क पनि लाग्दैन ।टुँडिखेलमा महानगरले कन्सर्टको लागि आवश्यक पर्ने स्टेज, लाइट र स्टलको व्यवस्थापन गरिसकेको छ । यस्तै तीनकुने र हाँडिगाउँमा पनि निशुल्क रुपमा खेल देखाउन लागिएको हो ।
काठमाडौं महानगरका अनुसार मंगलबार हुने खेल र त्यसको प्रत्यक्ष प्रसारणबारे स्थानीय प्रशासन, प्रहरीलाई खबर गरिसकेको छ भने प्रत्यक्ष प्रसारण हुने स्थानमा महानगरको नगर प्रहरी बलले थप सुरक्षा दिने जनाएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments