लोकसभा चुनाव : भारतीय जनता पार्टीलाई झट्का, प्रतिपक्षी दलहरु सशक्त रुपमा कमब्याक
- जेष्ठ २२, २०८१ मा प्रकाशित
कासिन न्यूज,
नयाँ दिल्ली ।
भारतीय संसद्को तल्लो सदन लोकसभा चुनावको मतगणना मंगलबार बिहानैदेखि जारी छ । यसअघि एग्जिट पोलमा भारतीय जनता पार्टी (भाजपा) एकल बहुमत र ऊ नेतृत्वको एनडीए गठबन्धनलाई साढे ३ सयमाथि सिट मिल्ने अनुमान थियो । तर ती पूर्वानुमानलाई फेल खुवाउँदै प्रतिपक्षी दलहरु सशक्त रुपमा कमब्याक गर्न सफल भएका छन् ।
अधिकांश एग्जिट पोलमा एनडीएलाई ३५० भन्दामाथि सिटहरु दिइएको थियो । केही एग्जिट पोलको नतिजामा त एनडीएलाई ४०० को आँकडा छुने भनिएको थियो ।
एग्जिट पोलको नतिजा सार्वजनिक भएको ठीक तीन दिनपछि देखिएको चुनावी नतिजाहरुले भने सबैलाई चकित तुल्याइदिएको छ । अहिलेसम्मको मतगणनाको आंकडा हेर्दा भजपालाई ठूलै झड्का लागेको देखिन्छ ।
उत्तर प्रदेश, पश्चिम बंगाल, पञ्जाव, हरियाणा, राजस्थानमा भाजपा नराम्रोसँग पछि परेको छ । उता कांग्रेस, समाजवादी पार्टीसहित विपक्षमा रहेका कयौँ दलहरुले जबरजस्त ‘कमब्याक’ गरेका छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments