आईसीसी टी-२० विश्वकप : लाखौ सर्मथकलाई निराश बनाउँदै पहिलो खेलमा पराजित भयो नेपाल
- जेष्ठ २३, २०८१ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
आईसीसी टी-२० विश्वकप २०२४ को आफ्नो पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सलाई १०७ रनको लक्ष्य दिएको नेपाल ६ विकेटले पराजित भएका छ । सुपर८ खेल्ने सपनामा ठूलो धक्का लागेको छ।
ओपनर म्याक्स ओडाउडको ४८ बलमा ५४ रनको अविजित परिपक्क प्रदर्शनमा नेदरल्यान्ड्सले ६ विकेटको जित हात पारेको छ । यस जितले नेदरल्यान्ड्सलाई सुपर ८ मा पुग्ने सपना बलियो बनाएको छ ।
डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर १०६ रन बनाएको यथयो । नेपालको लागि कप्तान रोहित पौडेलले ३७ बलमा सर्वाधिक ३५ रन बनाए । उनले ५ चौका प्रहार गरे ।
नेपालका लागि चार खेलाडीले मात्र दोहोरो अंकमा रन बनाए । लोअर अर्डरमा करण केसीले १२ बल खेल्दै २ छक्का मदतमा १७ रन जोडे । गुल्सन झाले १५ बलमा १ छक्का प्रहार गर्दै १४ तथा अनिल शाहले १२ बलमा २ चौका मदतमा ११ रन जोडे ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments