क्रिकेटमा सन्दिपको अभाव सिद्धी : घरमा बाघ र बाहिर स्यालको पगरि गुथेका मनुवाहरुले चलाएको खेलकूद

- जेष्ठ २३, २०८१ मा प्रकाशित


सुधीर नेपाल

मंगलबार राती अमेरिकाको डालासस्थित ग्राण्ड प्रेरी रंगशाला भनौ या काठमाडौं महानगरपालिकाले टी–२० विश्वकप नजरको लागि काठमाडौं तीन ठाउँबाट गरेको प्रत्यक्ष प्रशारण माहोल निकै रौनक थियो । क्रिकेट प्रेमीहरुमा एउटा उत्सव र उल्लासमय वातावरणको सिर्जना भएको थियो ।
उत्सव र उल्लासले भरिएको क्रिकेटमा फलामको किल्लाले पहिले देखी आफनो पाउ राखी रहेको थियो । नेपालका एक प्रतिष्ठित र क्षमतावान खेलाडीको स्थान अमेरिकाको डालामा थिएन । उनी पनि आम नेपाली जस्तै आफना दौतरीहरुले हानेका चौका र छक्काको मजा टेलिभिजनको पर्दामा नियाँल्दै थिए। ती क्षमतावान खेलाडी हुन् सन्दिप लामिछाने ।
नेपाल पछि अमेरिकी सरकारको उराठ लाग्दो कोपभाजनमा परेका क्रिकेटर लामिछानेको कमि मंगलबारको खेलमा राम्रै सँग देखीएको थियो । आशा र भरोसाको कुरा गर्दा क्रिकेटर लामिछाने खेलमा सहभागी भएको भए खेलले अर्को मोड लिने थियो कि ? यो प्रश्न समस्त क्रिकेट प्रेमीहरुका एउटा रहस्य थियो । तर लामिछाने त्यो खेलमा सहभागी हुन् पाएनन । अमेरिकी सरकारले भिसा पास नगरेपछि खेल खेल्न बाट बञ्चित भएका लामिछानेका कारण अहिले क्रिकेट कुन दिशामा जाने हो भन्ने कुरा पनि बाहिरीन थालेको छ ।
क्रिकेटर लामिछाने माथि लागेको युवती काण्डलाई नेपालको कानूनले सफाई दिए पनि यो कुरा अमेरिकी सरकारको कानूनलाई मान्य भएन त्यसैले उनी खेल खेल्न बाट बञ्चित भए । भन्नै पर्र्दा लामिछानेलाई लागेको आरोप अमेरिकाका ठूला ठूला हस्तिहरुले पहिल्यै भोगीसकेका कुरा थिए ।

तर पनि नेपाली खेलकूदको उदाउँदो तारालाई फोहोरको आहलमा हाल्न अमेरिकी सरकार पछि परेनन । जसलाई अमेरिकी सरकार र कानून भनेको बाहिरीय मुलुकलाई मात्र लाग्दो रहेछ भन्दा फरक पर्दैन ।
देश र जनताको लागि आफनो जीवन खेलमय बनाउन लागि परेका क्रिकेटर लामिछाने माथि गरिएको व्यवहार लाई नियाँल्दा यहाँ सरकार र यसका गृहमन्त्री कुन दिशामा चलिरहेका छन् । उनी जस्तो क्रिकेटको लागि जादूको छडी बनेका एक खेलाडी किन यत्रो ठूलो अन्याय किन त्यो प्रश्न पनि उठिरहेको छ । किन उनलाई अन्तराष्ट्रिय खेलमा सहभागी हुन् दिइएन । अहिले बजारमा यस्ता अनेक खाले प्रश्नहरु उब्जिएका छन् ।
एक त नेपाल काण्डै काण्डले जेलिएको देश हो । यहाँका प्रमुख दलका नेताहरु यस्ता काण्डमा नमुछिएका कमै छन् । तर उनीहरु माथिको व्यवहार र लामिछाने माथि गरिएको व्यवहारमा आकाश जमिनको फरक भएको छ ।
अन्तर्राष्ट्रिय रुपमै नाम चलेका क्रिकेटर सन्दीप लामिछाने, जसले दिलाएका एकपछि अर्को सफलतामा खुसी नहुने कुन नेपाली थियो होला ! हामी पनि उनीप्रति गौरव गर्ने नागरिकहरु नै थियौं । पहिलोपल्ट सन्दीपमाथि बलात्कारको आरोप लागेको खबर सुन्दा सुरुमा विस्मय, अनि घृणाभाव उब्जेको थियो । यस्तै यस्तैमा दिनहरु बितिरहेका थिए ।
मानिसको जीवन हो । कहिले कहाँ, कहिले कहाँ । सन्दिप लामिछानेको घटनालाई सम्झँदा । अहिलेको समाज कतातिर दौडिरहेको छ भन्ने लागेको छ । युवा र युवती दुबै एक अर्काको सम्भावक हुन् । कोही बिना कोही पनि रहन सक्दैन । यो ध्रुव सत्य पनि हो ।

अझ हाइप्रोफाइल प्रतिवादी सामेल भएको भनिएको मुद्दाबारे बोल्न कति कठिन छ । आत्ममुग्धताले ग्रस्त मानिसहरुको बहुसंख्या भएको समाजमा न्यायको मुद्दा कहिलेकाहीं अलोकप्रिय पनि सुनिन्छ ।
यदि लामिछाने सामान्य नागरिक भएको भए यो कुरा उठ्ने नै थिएन । तर सन्दिप नेपाली क्रिकेटको एउटा तारा थियोे । त्यही तारा नै अहिले आँखा बन्यो ।
अहिले नेपालमा यो प्रचलनले आधुनिक समाजलाई राम्ररी गाँजेको छ । युवतीहरुलाई कानूनले धेरै भाउ दिएको कारण यो समस्या आएको कुराहरु पनि कानूनका ज्ञाताहरुले बताउन थालेका छन् ।
सन्दिप लामिछाने नेपाली खेलकूदका एउटा क्रेज नै हो । उसको पछाडि जो पनि लाग्न सक्छ । चाहे त्यो युवती हो वा युवा यसले कुनै माने राख्दैन् । तर बजारमा एक पछि अर्को सेलीब्रेटी सिद्धाउने जुन खेलो चलेको छ । त्यसमा पनि ठूलै आर्थिक लेनदेनको कुरा लुकेको छ भन्ने गन्ध आउन थालेको छ । जसलाई नेपाली राजनीतिक दल देखी नेपाल सरकारले आफनो बाहुलमा कस्न नसक्नु पनि अर्को कारण हो ।
समाजका नालायकहरु आफनो धारीलो हतियारको रुपमा युवतीलाई प्रयोग गर्छ र सेलीब्रेटीहरुलाई प्रहार गर्न थाल्छन् । भारतीय समाजमा चलेको यो चलन नेपालमा बिस्तारै आउन थालेको भान हुन् थालेको छ ।
सोही अनुसार युवतीहरु प्रयोग भै रहेका छन् । यस्तो बिकृतिलाई समाजले साथ दिइरहेको छ । कानूनले साथ दिइरहेको छ । यही कानून र समाजको आडमा समाजका चुनिएका ब्यक्तिहरुलाई सिद्धयउने एउटा गिरोह सञ्चालनमा छ ।
आर्थिक उर्पाजनको लागि प्रयोग गरिने युवतीहरु नै यो गिरोहबाट सञ्चालित छन् । यस्ता गिरोहहरुलाई समाप्त गर्ने एउटा निकायको आवश्यकता भै सकेको छ । नत्र समाजमा लुकेर बस्नु सिवाय केही हुदैन् । अनि खेलकूद मात्र होइन हरेक क्षेत्र यस्ता बिकारजन्य खेलहरुको सिकार भै राख्छन् । क्रिकेटर लामिछानेलाई पनि त्यहि बिकारको एउटा पात्र बनाइएको छ । जसको मूल कर्ता भनेको नेपाल सरकार जो आफनो कुरालाई स्पष्ट राख्ने हिम्मत गर्दैन । घरमा बाघ र बाहिर स्यालको पगरि गुथेका नेपाल सरकार त्यसमा महत्वपूर्ण मन्त्रालयका मन्त्रीहरु नै यसका लागि जिम्मेवार हुन् भन्दा फरक पर्दैन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर