कासिन न्यूज,
काठमाडौं ।
काठमाडौंमा सिक्री लुटपाट गरेर उतपात मच्चाई रहेका तीन जना लुटेराहरुलाई प्रहरी पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले लुटेराहरुलाई पक्रेको हो । पक्राउ पर्नेमा गोरखा घर भएको हाल कपुरधारा बस्ने ३८ वर्षीया उषा विष्ट,सर्लाही घर भएका रामहरी खड्का र हरि शंकर चौधरी रहेका छन् ।
नेपाल प्रहरीका अनुसार पक्राउ परेकी विष्टले बैसाख ३० गते सुन्धारा बाट ट्याक्सीमा सवार कविराज नेपालीले घाँटीमा लगाएको सुनको सिक्री लुटेर भागेकी थिइन । सिक्री लुटिए पछि नेपालीले दिएको जाहेरीको आधारमा प्रहरी परिसर काठमाडौंको टोलीले विष्टलाई पछ्याउँदै गर्दा माछापोखरीबाट उनलाई पक्राउ गरेको हो । त्यस्तै विष्टले लुटेको उक्त सिक्री रामहरी खड्काले हरिशंकर चौधरीलाई बेचेका थिए ।
प्रहरी सुन लुटपाट देखी बेचबिखन सम्मको संग्लनता देखीएपछि तिनै जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । अहिले उनीहरुलाई अनुसन्धानको दायरामा राखिएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments