टी–२० विश्वकप : आयरल्याण्डलाईआठ विकेटले पराजित गर्दै भारतको विजयी सुरुवात
- जेष्ठ २४, २०८१ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
आइसीसी टी–२० विश्वकप २०२४ मा भारतले विजयी सुरुवात गरेको छ । बुधबार राति भएको खेलमा भारतले आयरल्याण्डलाई आठ विकेटले पराजित गरेको हो ।
आयरल्याण्डले दिएको ९७ रनको लक्ष्य भारतले १२ ओभर दुई बलमा दुई विकेट गुमाएर भेट्टायो । उसका लागि कप्तान रोहित शर्माले अर्धसतक प्रहार गरे । ३७ बलको सामना गरेका शर्माले चार चौका र एक छक्का प्रहार गरे ।
त्यस्तै रिसब पन्तले ३६ रन बनाए । ओपनिङ गर्न आएका विराट कोहलीको ब्याट भने चल्न सकेन । उनी पाँच बलमा एक रन बनाएर आउट भएका थिए ।
आयरल्याण्डका लागि बेन्जामिन वाइट र मार्क एडेयरले एकरएक विकेट लिए । त्यसअघि न्यूयोर्कस्थित नस्साउ काउन्टी इन्टरनेसनल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्ड १६ ओभरमा अल आउट हुँदै ९६ रन बनाएका थिए ।
उसका लागि ग्यारेथ डेलानीले २६ रन बनाए । १४ बलको सामना गरेका उनले दुई चौका र दुई छक्का प्रहार गरे । त्यस्तै कर्टिस क्याम्फरले १२, लोर्कन टकर १६ रन बनाए । ओपनर एन्ड्रयू बालबर्नीले ५ र पॉल स्टर्लिंगले २ रन बनाए ।
यता भारतका लागि हार्दिक पाण्ड्याले तीन विकेट लिए । चार ओभर बलिङ गरेका उनले २७ रन खर्चिए । त्यस्तै अर्शदीप सिंह र जस्प्रीत बुमराहले दुईरदुई तथा अक्षर पटेल र मोहमद सिराजले एकरएक विकेट लिए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments