कुल गार्हस्थ उत्पादन (जीडीपी) मा पर्यटन क्षेत्रको योगदान ७ प्रतिशत पु¥याउने लक्ष्य
- जेष्ठ २४, २०८१ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
सरकारले वार्षिक २५ लाख पर्यटक आगमन पुग्ने अनुमान सहित १६औं योजनाको लक्ष्य तय गरेको छ । राष्ट्रिय योजना आयोगका अनुसार आर्थिक वर्ष २०८५/८६ सम्म वार्षिक पर्यटक आगमन २५ लाख पुग्ने अनुमान गरिएको छ । आव २०७९/८० मा ८ लाख २० हजार पर्यटक आएका थिए । अबको ५ वर्षमा यस्तो आगमन तीन गुणाले बढ्ने आयोगको अनुमान छ ।
आयोगका अनुसार यस अवधिमा पर्यटकको औसत बसाइ अवधि १५ दिन प्रतिपर्यटक पुग्ने अनुमान छ । अहिले यस्तो बसाइ अवधि औसत १३.१ दिन प्रतिपर्यटक छ ।
अहिले नेपाल आउने पर्यटकले प्रतिदिन ४०.५ अमेरिकी डलर खर्च गरिरहेको देखिएको छ । यसलाई बढाएर ८५ प्रतिशत पु¥याउने लक्ष्य १६औं योजनाले लिएको छ ।
कुल गार्हस्थ उत्पादन (जीडीपी) मा पर्यटन क्षेत्रको योगदान ७ प्रतिशत पु¥याउने लक्ष्यसमेत १६औं योजनाले लिएको छ । अहिले पर्यटनको योगदान जीडीपीमा २ प्रतिशतमात्र छ । यस अवधिमा द्विपक्षीय हवाई सेवा सम्झौता भएका मुलुक संख्या ४८ पु¥याउने लक्ष्य छ ।
जीडीपीमा पर्यटन क्षेत्रको योगदान बढाउन पर्यटन क्षेत्रबाट मूल्य अभिवृद्धिमा सुधार गर्दै आम्दानी बढाइने उल्लेख छ । दिगो विकासको मर्म अनुसार नेपालको पर्यटन उद्योगलाई पर्यापर्यटनसँग जोड्ने, स्वदेशी तथा विदेशी लगानी आकर्षित गरी पर्यटकीय पूर्वाधार विकास र विस्तार गरिने छ ।
स्थानीय स्तरमा उत्पादन भएका पर्यटकीय उपजको व्यावसायीकरण गर्ने, पर्यटनबाट प्राप्त लाभको समन्यायिक वितरण गर्ने र पर्यटनको लाभ स्थानीय स्तरसम्म पु¥याइने समेत रणनीति छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments