झापाका राजन २४ औं राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको च्याम्पियन
- जेष्ठ २५, २०८१ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
झापाका राजन सुवेदी २४ औं राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको च्याम्पियन बनेका छन् । उनले ११औं चरणमा बिहीबार प्रेमकृष्ण महर्जनलाई पराजित गर्दै ८ अंक सहित विजेता बनेका हुन् । शीर्ष १२ खेलाडी बीचको सहभागितामा नेसनल चेस च्याम्पियनसिप २०२४ को राउन्ड रोविन लिगको अन्तिम खेलमा राजनले जित हात हासिल गरे। उनले ७ जित, २ बराबरी र २ खेलमा हार बेहोरे।
३५ वर्षीय राजन सेप्टेम्बर ९ देखि २३ सम्म हंगेरीको बुढापेष्टमा हुने ४५ औं चेस ओलम्पियाडका लागि छनोट भएका छन्। त्यसैगरि झापा कै श्रुसुरत दाहल पुरुषोत्तम सिलवाललाई पराजित गर्दै ७.५ अंककाा साथ दोस्रो बने। टाइब्रेकका आधारमा समान ७.५ अंक प्राप्त गरे पनि क्षितिज भण्डारी तेस्रो स्थानमा रहेर राष्ट्रिय प्रतियोगिता टुङ्ग्याएका छन्।
यससँगै शुश्रुत र क्षितिज दुबैले ओलम्पियाडको यात्रा निश्चित गरे। शुश्रुतले अन्तिम चरणमा पुरुषोत्तम सिलवालाई पराजित गरे। क्षितिजले दोलखाका राजिव कार्कीलाई हराए।
नवौं महिला राष्ट्रिय बुद्धिचाल तर्फको अन्तिम खेलमा कृतिसारा अधिकारीसंग पराजित भएपनि ९ अंक सहित दोस्रो पटक सिन्दिरा जोशी नेपाल च्याम्पियन बन्न सफल भइन्। सिन्दिरले ११ औं चरणको खेल मध्ये ९ खेलमा जित र २ खेलमा हार बेहोरिन्।
यसैगरी झापाका कृतिसारा अधिकारीले ८.५ अंक जोड्दै दोस्रो भईन्। उनी ओलम्पियाडको लागि छनोट भएकी टिकट छिन्। ८ अंकसहित कास्कीका पूजा भण्डारी र शान्ति धिमाल चौथो भईन्। शीर्ष ४ महिला खेलाडी ओलम्पियाडको लागि छनोट भए।
हंगेरीको बुढापेष्टमा हुने ओलम्पियाड पुरुष तर्फ विवेक थिङ, रुपेश जैसवाल, राजन सुवेदी, शुश्रुत दहाल र क्षितिज भण्डारी छनौट भएका छन् । महिला तर्फ सुजना लोहनी, सिन्दिरा जोशी, कृतिसारा अधिकारी, पूजा भण्डारी र शान्ति धिमाल छनोट भएका छन्।
लुम्बिनी इभेन्ट मेनेजमेन्टका प्रबन्धक निर्देशक सुबोधराज शेर्पाली सभापतित्वमा भएको समापन तथा पुरस्कार वितरण समारोह नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले पुरस्कृत गरे ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments