राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको कारण राष्ट्रिय राजनीतिमा समस्या : नेता निधि
- जेष्ठ २५, २०८१ मा प्रकाशित
कासिन न्यूज,
सुर्खेत ।
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीभित्र वितृष्णा पैदा भएको बताएका छन् । पार्टीभित्रको असन्तुष्टि र असहमतिलाई सहज बनाउनका लागि देशभर नै छलफल र भेटघाटको काम अघि बढाइएको नेता निधिले बताए।
शुक्रबार बिहान वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ’पार्टीभित्रको समस्याहरू समाधान गरिनुपर्छ भनेर म कर्णालीमा आएको हुँ ।’ उनले पार्टीभित्र गुटबन्दीको व्यवस्थापन विचारको आधारमा समाधान गर्नुपर्ने बताए । ’विचार केन्द्रित राजनीति गर्न आवश्यक छ,’ उनले भने, ’त्यसो गरेको खण्डमा समाधान हुन्छ।’
पार्टीभित्रका समस्या समाधान गर्दै ०८४ को चुनावमा कांग्रेस एक्लै चुनाव लड्ने र बहुमतको सरकार बनाउने गरी अग्रसर हुने बताए । निधिले अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको कारण राष्ट्रिय राजनीतिमा समस्यालाई आइरहेको बताए ।
यसअघि चुनावमा माओवादीसँग गठबन्धन गरेर गए पनि त्यो टिक्न नसकेको उनले बताए।
पहिलो चरणमा प्रधानमन्त्री दाहाल, त्यसपछि माधव नेपाल र अन्तिममा शेरबहादुर देउवा प्रधानमन्त्री हुने सहमति भए पनि प्रधानमन्त्री दाहाल त्यसमा टिक्न नसक्दा गठबन्धन टुटेको उनको भनाइ छ। निधि कर्णालीको जिल्लाहरूमा जाने र पार्टीका नेता तथा कार्यकर्ताहरूसँग भेटघाट गर्न कर्णालीमा आएका हुन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments