जेष्ठ २५, काठमाडौं ।
नेपाली राजनीतिको हिसाब किताब गर्ने हो यसमा पास हुने सम्भावना कम छ । किन कि नेपालको राजनीतिको हिसाबका धर्साहरु निकै अप्ठ्यारा छन् । यो अप्ठ्यारो मुकाममा आफनो राजनीतिक पाइला राखेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने अहिले राजनीतिक हिसाब किताबमा पहिलो दर्जा प्राप्त गर्न मरिमेटेर लागेका छन् ।
उपप्रधान तथा गृहमन्त्री लामिछानेको झिंगे दाउमा उनलाई पछाडी सुमसुम्याउने कार्य देशका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरिरहेका छन् ।
त्यही सुमसम्याईको फाइदा लिएर उपप्रधान तथा गृहमन्त्री लामिछाने बल्छीमा माछा पार्ने दाउमा लागेका छन् । केही दिन अघि उपप्रधान तथा गृहमन्त्री लामिछानेले एउटा माछालाई आफनो बल्छीमा पारेका थिए । तर त्यसको स्यारहार सुसार गर्न नपाउँदै माछो उपप्रधान तथा गृहमन्त्री लामिछानेको पञ्जाबाट फुत्कियो । किनकी त्यो माछो उपप्रधान तथा गृहमन्त्री लामिछाने भन्दा पनि तगडा थियो ।
त्यसैले माछोले उन्मुक्ति पायो । अहिले निकै हतासमा देखीएका उपप्रधान तथा गृहमन्त्री लामिछानेको मनमा के चलिरहेको छ त्यो थाहा पाउन त मुस्किल नै छ । तर उपप्रधान तथा गृहमन्त्री लामिछाने पक्कै फेरी अर्को ताण्डव गर्ने दाउमा लागेको पक्कै छन् । उनको ताण्डवको पासोमा को पर्ने हो त्यो हेर्न बाँकी छ ।
उपप्रधान तथा गृहमन्त्री लामिछानेको कारण सहकारी क्षेत्रको बजारमा केही महिना अगाडी मकैको खोयाले निकै चर्चा बटुलेको थियो । राजनीतिक दल गठन गरेर राजनीतिक दलको पछाडी लाग्ने बानी परेका उपप्रधान तथा गृहमन्त्री लामिछानेले ठूलो माछोको कारण मकैको खोयाको झटारो खाएका थिए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments