सबैलाई, सबै ठाउँमा सुरक्षित र स्वस्थ जीवनको समान अवसर
- जेष्ठ २६, २०८१ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
जब जब विश्व परिवेशमा स्वास्थ्य संकट देखापर्छ त्यो समयमा सबैभन्दा अगाडी आउने स्वास्थ्य क्षेत्रको महत्वपूर्ण संस्था हो विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ।
डब्ल्यूएचओले सबैलाई उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्नु आफ्नो लक्ष्य मान्दै आएको छ। “सबैलाई, सबै ठाउँमा सुरक्षित र स्वस्थ जीवनको समान अवसर“ प्रदान गर्ने दिशामा काम गर्नु पनि आफ्नो उद्देश्य भएको उसको भनाइ छ।
स्विट्जरल्यान्डमा मुख्यालय रहेको यो विश्वव्यापी स्वास्थ्य संस्थाको स्थापना सन् १९४८ मा भएको हो । यो संयुक्त राष्ट्रसंघको एउटा निकाय हो। यसको उद्देश्य संसारभरिका मानिसहरूको स्वास्थ्य र कल्याणबारे काम गर्नु हो। डब्ल्यूएचओमा १९४ राष्ट्रहरू सदस्य छन्।
यो निकाय खोप अभियान, स्वास्थ्य संकटकालसँग भिड्नको लागि मानिसहरूलाई सहयोग गर्ने तथा देशहरूलाई तिनका स्वास्थ्यसेवाका प्रावधानहरू सुधार गर्न सहयोग गर्ने जस्ता परियोजनामा संलग्न रहेको छ।
डब्ल्यूएचओ खाद्यसुरक्षा, औषधिको परीक्षणसम्बन्धी प्रक्रिया तथा उपचारसम्बन्धी विश्वव्यापी मापदण्ड निर्धारण गर्न पनि संलग्न हुन्छ।
यो निकायले आफ्ना सदस्यराष्ट्र र चन्दाबाट खर्च जुटाउँछ। गत वर्ष डब्ल्यूएचओको बजेट ६.७२ अर्ब अमेरिकी डलर थियो।
सन् २०१७ यो संस्थाको शीर्ष नेतृत्व इथिओपियाका भूतपूर्व कूटनीतिज्ञ तथा स्वास्थ्यमन्त्री टेड्रोस एड्हानम गेहब्रेयससले गरिरहेका छन्। डब्ल्यूएचओले प्राकृतिक प्रकोप, मानवीय सङ्कट र महामारी जस्ता सङ्कटका बेला सम्बन्धित देशका सरकारहरूसँग मिलेर काम गर्छ।
यसले गाजाजस्ता युद्धग्रस्त क्षेत्रमा आवश्यक सहयोग चाहिनेहरूलाई स्वास्थ्यसेवा पु¥याउने काम पनि गर्छ।
विकासोन्मुख देशहरूमा डब्ल्यूएचओले मानिसहरूको स्वास्थ्य अवस्थामा सुधार गर्न काम गर्ने एउटा तरिका भनेको त्यहाँ मानिसहरूलाई नर्स र स्वास्थ्यकर्मी बन्न प्रशिक्षण दिनु पनि हो।
यसले सार्वजनिक नीतिहरू तय गर्न सूचना दिने तथा प्रभाव पार्ने गरी मुख्य रोगबारे तथ्याङ्क र जानकारी पनि प्रकाशित गर्ने गर्छ।
बिफर रोग उन्मूलनलाई विश्व स्वास्थ्य सङ्गठनको एउटा ठूलो उपलब्धि मानिन्छ।
निर्मूल हुनुअघि यो रोगका कारण विश्वभरि लाखौँ मानिसको मृत्यु भएको थियो। विश्व स्वास्थ्य संगठनले सन् १९६७ मा बिफर उन्मूलन गर्न व्यापक अभियान सञ्चालन गरेको थियो। कैयौँ वर्ष खोप लगाउने र अनुगमन गर्ने काम भएको थियो।
एक दशकभन्दा धेरै समय काम गरिसकेपछि विश्व स्वास्थ्य संगठनले सन् १९८० मा बिफर उन्मूलन भएको घोषणा ग¥यो।
पश्चिमी अफ्रिकामा सन् २०१४ मा इबोला रोगको प्रकोप नियन्त्रणका विषयमा विश्व स्वास्थ्य संगठनको व्यापक आलोचना भयो। यो प्रकोप नियन्त्रणका लागि तत्काल काम गर्न नसकेको र प्रभावकारी सञ्चारको अभावका साथै दक्ष कर्मचारी नराखेको जस्ता विषयमा यो संस्थाको आलोचना भयो।
यो संस्थाका समर्थकहरूले कतिपय आलोचनाहरू अनुचित भएको र मानिसहरूको अपेक्षा पूरा गर्न नसकिने किसिमका भएको बताउने गरेका छन्। विश्व स्वास्थ्य संगठनले तथ्याङ्क र विश्लेषणहरू उपलब्ध गराउने भए पनि स्वतन्त्र रूपमा कदम चाल्ने अधिकार उससँग हुँदैन। सदस्यराष्ट्रले सहयोग मागेको अवस्थामा मात्रै यो निकायले काम गर्न सक्छ।
कोभिड फैलिएका बेला पनि महामारी नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठनले पहल गर्न नसकेको भन्दै व्यापक आलोचना भयो।सन् २०२० मा तात्कालिक अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरस फैलिने क्रम रोक्न नसकेको भन्दै आफ्नो देश यो सङ्गठनबाट बाहिरिन चाहेको बताएका थिए। अमेरिकाले महामारी सुरु हुने समयमा विश्व स्वास्थ्य सङ्गठन चिनियाँ इसारामा चलेको आरोप लगाएको थियो।
अमेरिका विश्व स्वास्थ्य सङ्गठनको सबैभन्दा ठूलो दाता हो। उसको असन्तुष्टिका कारण डब्ल्यूएचओमा ठूलो धक्का पुग्यो।
ट्रम्पपछि अमेरिकाको राष्ट्रपति बनेका जो बाइडनले आफू निर्वाचित भएलगत्तै सन् २०२१ मा विश्व स्वास्थ्य संगठनलाई अमेरिकी अनुदान र राजनीतिक समर्थन कायमै राख्ने वचन दिए।
विश्व स्वास्थ्य संगठनले गठन गरेको विज्ञहरूको एउटा स्वतन्त्र समितिले यो महामारी रोकथाम गर्न सकिने किसिमको भएको निष्कर्ष सुनाएको थियो। उक्त समितिले विश्व स्वास्थ्य संगठन र विश्वभरिका सरकारहरूले यसको नियन्त्रणका लागि गरेका पहल प्रभावकारी नभएको टिप्पणी गरेका थिए।
उक्त समितिले विश्व स्वास्थ्य संगठनको आपत्कालीन समितिले यो प्रकोपलाई कम्तीमा एक साताअघि अन्तर्राष्ट्रिय सङ्कटकाल घोषणा गर्नुपर्ने औँल्याएको थियो। भविष्यमा आउन सक्ने महामारीको नियन्त्रणका लागि यो समितिले विश्वव्यापी सुशासन र विश्व स्वास्थ्य संगठनका लागि थप अनुदान आवश्यक रहेको जनाएको छ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments