गण्डकी प्रदेशलाई ३–१ ले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन टिपटप हेल्प नेपाललाई उपाधी
- जेष्ठ २६, २०८१ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
आठौं प्रधानमन्त्री कप एनभीए लिगको पुरुष तर्फको उपाधि हेल्प नेपालले जितेको छ । फाइनल खेलमा गण्डकी प्रदेशलाई ३–१ ले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन टिपटप हेल्प नेपालले उपाधी रक्षा गरेको हो ।
हेल्प नेपालले २५–२२, २५–२०, २०–२५ र २५–२० गरी चौथो सेटमा खेल जितेको हो । जितसँगै हेल्प नेपालले सातौं प्रधानमन्त्री कपको उपाधी रक्षा गरेको छ ।
गण्डकी प्रदेश भने उपाविजेतामा नै सीमित बनेको छ । लिग चरणमा अपराजित हुँदै आएको गण्डकीले फाइनलमा भने हार बेहोरेको हो ।
महिलातर्फ भने नेपाल पुलिस क्लबले उपाधि जितेको छ । पुलिसले लिगमा अपराजित हुँदै फाइनल आएको एभरेष्ट भलिबल क्लब बुटवललाई ३–२ ले पराजित गरेको हो । पुरुष तर्फ ८ टिम र महिला तर्फ ६ टिमले प्रतिस्पर्धा गरेका थिए ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments