राजनीतिक प्रतिष्ठामा ठूलो धक्का लागे पनि भारतमा मोदीको प्रभाव घटेन

- जेष्ठ २७, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

भारतमा शासन सत्ताको जुहारी चले सँगै फेरी तेस्रो कार्यकालको लागि प्रधानमन्त्री पदमा नरेन्द्र मोदी पदाशिन हुने भएका छन् । भारतको इतिहासमा लामो समय प्रधानमन्त्री पदमा बस्ने नेताको रुपमा जवाहरलाल नेहरु पछि मोदी भएका छन् । नेहरूले लामो समय सत्ताको नेतृत्व गर्ने अवसर प्राप्त गरेका थिए। उनले सन् १९४७ मा भारत औपनिवेशिक शासनबाट मुक्त भएपछि लगातार १६ वर्ष देशलाई नेतृत्व दिए
प्रधानमन्त्रीको रुपमा मोदीको पहिलो र दोस्रो कार्यकाल सुखद रहे पनि तेस्रो कार्यकाल भने मोदीको लागि स्वर्ण छैन् । मोदीको दल भारतीय जनता पार्टी (भाजपा) ले सोचे जस्तो नतिजा पाउन सकेन । भाजपा अहिले बहुमतबाट बिमुख भएको छ । जसको अर्थ सरकार चलाउन लागि अरुको भर पर्नु पनि हो ।
सन् २०१९ मा ३०३ सीट जितेको भाजपा यसपटक २४० सीटमा खुम्चिएको छ। कांग्रेसको नेतृत्वमा विपक्षीहरूले ’इन्डिया’ नामको गठबन्धन बनाएर चुनावमा होमिएका थिए। उनीहरूले अपेक्षा गरिएभन्दा राम्रो २३२ सीट हात पारेका छन्।
कांग्रेस पार्टीका नेता राहुल गान्धीले लोकसभा चुनावको मत परिणामलाई मोदीको नैतिक हारका रूपमा अर्थ्याउँदै भनेका छन्, “देशले प्रधानमन्त्री मोदीलाई ’अब हामी तपाईँलाई चाहँदैनौँ’ भनेको छ।“
सन् २०१४ र २०१९ मा जस्तै भाजपाले यसपालिको चुनाव पनि मोदीकै नाममा लडेको थियो। होर्डिङ बोर्डमा जताततै मोदी नै मोदी देखिन्थे। पार्टीका अन्य सहकर्मीलाई पछि छाड्दै उनको व्यक्तित्व हाबी भएको देखिन्थ्यो।
कैयौँ चुनावी आमसभामा भाग लिएका उनले “मोदीको प्रत्याभूति“ अथवा सरकारले गत दशकमा सुरु गरेका कल्याणकारी योजनाहरूलाई निरन्तरता दिने तथा अन्य प्रतिवद्धताहरू पूरा गर्ने आश्वासन दिँदै भोट मागे।

त्यसैले अहिलेको चुनावी नतिजालाई उनको राजनीतिक प्रतिष्ठामा लागेको ठूलो धक्काका रूपमा हेरिएको छ। मोदीको प्रभाव कमजोर भएको छ । भाजपा सरकारले हालैको नागरिकता कानुनका निम्ति व्यापक विरोध प्रदर्शन खेप्नुप¥यो। उक्त कानुनलाई धेरैले मुस्लिमविरोधी कानुनका रूपमा बुझे।

कृषि कानुनको विरोधमा पनि व्यापक प्रदर्शन भयो। अन्त्यमा सरकार उक्त कानुन फिर्ता लिन बाध्य हुनु प¥यो। मोदी सरकारमाथि सञ्चारमाध्यममाथि लगाम लगाएको र विपक्षीलाई निसाना बनाउन सङ्घीय जाँच एजेन्सीहरूको दुरुपयोग गरेको आरोप पनि लाग्यो।

मतपरिणाम आएपछिको पहिलो पत्रकार सम्मेलनमा विपक्षी नेता गान्धीले संविधानको प्रति हातमा लिँदै देशका सबैभन्दा गरिब र सीमान्तकृत नागरिकहरूले आफ्नो पार्टीलाई भोट दिएर संविधानलाई जोगाउने लडाईँमा साथ दिएको बताए।

आफ्नो जितपछि कार्यकर्तालाई धन्यवाद ज्ञापन गर्न पार्टी मुख्यालय पुगेका मोदीलाई नायकलाई झैँ रूपमा स्वागत गरिएको थियो। “जय श्री राम“ र “भगवान् रामकी जय“ को नारा गुञ्जाउँदै उनका समर्थकहरूले करतल ध्वनिका साथ मोदीमाथि फूल वर्षाएका थिए। यसले नेताको लोकप्रियतामा धर्मको भूमिका कति अन्योन्याश्रित छ भन्ने झल्काउँथ्यो।

मोदी अब के हुन्छ भन्नेबारे चिन्तित नै थिए भने पनि उनले त्यस्तो देखिन दिएनन्। उनी अर्को वर्ष ७५ वर्ष लाग्ने छन्। उनी स्वयंले यसअघि ७५ वर्षको उमेरलाई अवकाशका निम्ति उपयुक्त भनेका थिए।
तर उनी आफ्नै कुराबाट पछि हटे। उल्टै चुनावी आमसभाहरूका क्रममा आफूलाई दैवी शक्ति प्राप्त भएको दाबीसमेत गरे। मोदीले आफ्नो जितलाई ठूलो विजयको रूपमा व्याख्या गरे। उनले भने, “यसले मलाई अझै मिहिनेतका साथ काम गर्न प्रेरित गरेको छ।“

अहिलेसम्म गठबन्धन सरकार नचलाएका मोदीलाई वास्तवमै कडा मिहिनेतको आवश्यक पर्न सक्ने देखिन्छ।
भाजपाले गठबन्धनको पुरानो सहयात्रीमध्ये एउटालाई गुमाइसकेको थियो भने अर्कोसँग फुटको बीजारोपण गरिसकेको थियो। त्यसले एक्लै बहुमत हासिल गर्न सक्ने उसको अतिआत्मविश्वासको सङ्केत मात्रै गर्दैनथ्यो, साना पार्टीहरूलाई नजरअन्दाज गर्ने चाहना समेत झल्काउँथ्यो।

What’s your Reaction?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर