प्रधानमन्त्री दाहालको कोपभाजनको सिकार : लालु र मुलायम सिंहको सूत्रले काम नगरेको यादवको राजनीति
- जेष्ठ २७, २०८१ मा प्रकाशित
सुधीर नेपाल ।
राष्ट्रिय राजनीतिमा सधैं विवादको घेरालाई आफनो वरिपरी घुमाई रहने क्षमता भएका नेताको पगरि गुथेका नेतृत्व हुन् उपेन्द्र यादव । नेपाली राजनीतिमा उनको प्रवेश पनि विवादको घेराबाट भएको थियो । नेपालको संविधानलाई माइतिघरमा जलाएर मधेश राजनीतिमा प्रवेश गरेका यादव अहिले जनता समाजवादी पार्टी(जसपा) नेतृत्वमा छन् ।
शासन र सत्ता प्रमुख सुत्रधार बनाएर मधेशको राजनीतिमा रमाई रहेका यादवको दलले यही जेष्ठ २८, २९ र ३० तिन गते जनकपुरमा महाधिवेशन गर्दै छ । दलमा विभिन्न थरिका परिपाटीहरुलाई हावि गराएर मधेश राजनीतिमा आफनो दवदवालाई कायम राख्ने परपञ्चमा लागेका यादवलाई यो महाधिवेशन त्यति फाप सिद्ध नहुने देखीन्छ ।
भलै महाधिवेशनबाट फेरी नेतृत्वमा पुगे पनि यादवको कार्यशैली प्रति उनकै दलका नेता एवं कार्यकर्ताहरु भने त्यति खुशी छैनन् ।
‘एकताको राष्ट्रिय महाधिवेशन’ नाम दिए पनि यादवको दलमा एकताको कुनै सन्देश देखीदैन किनकी यादवले नेतृत्व गरेको जसपा भर्खरै मात्र दुई टुक्रा भएको छ । जसको झट्का पनि यादवलाई नलागेको होइन् । तर पनि यादवको एकताको सुंगा रटाई भने जस्ताको तस्तै छ ।
सरकार यसको नेतृत्वमा जाने मामिला निकै अग्रणी रहेका यादव राजनीतिक पासा फ्याक्न सक्ने चतुर मधेश नेता हुन् । यादवले नै आफनो दलमा भित्राएका अशोक राईले यादवलाई राम्रो झट्का दिए । जसको सदमा यादव अहिले पनि ब्यर्होदै छन् ।
नेपाली राजनीतिलाई आफनो सेरोफेरोमा नचाई रहने क्षमता भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राम्रो कोपभाजनमा परेका यादवलाई प्रधानमन्त्री दाहाललाई उल्टो लोप्पा खुवाएर सरकारबाट अपमानजनक ढंगले बाहिर धकलिदिएका थिए । जुन अपमानलाई यादवले भुलेका छैनन जस्तो लाग्छ ।
आफनै बहुलठ्ठी पनाले गर्दा यादवलाई राईले रणनिती रच्ने र पार्टीलाई फुट्न नदिने बारे सोच्ने मौका पनि दिएनन । किनकी यादव जसपा बिभाजन हुँदा अमेरिकाको भ्रमणमा थिए । भने यता उनको पाटी जसपा दुई टुक्रा भै सकेको थियो ।
यादवको पार्टीलाई दुई भागमा बिभाजन गराएर भएपनि आफनो सत्ता जोगाउन उता प्रधानमन्त्री दाहाल सफल भए जुन कुराको सुँइको समेत यादवले पाएनन । सरकार टिकाउन ‘अनेक गर्ने’ प्रधानमन्त्री दाहालको अभिव्यक्तिलाई यादवले बेवास्ता गर्न त खोजे तर सत्यले ढिलो चाँडो पोल्नु स्वाभाविक थियो ।
सत्ताबाट एकप्रकारले गलहत्याइने वातावरण बनेपछि मात्र यादव जसपा नेपालको विभाजन विभाजन प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रत्यक्ष सहयोग र निगरानीमा भएको एक प्रायोजित खेल थियो भन्न थाले । सरकारबाट निस्किएपछि यादव सरकारलाई दिएको समर्थन फिर्ता लिएर भोलिपल्टैदेखि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरूको बैठकका जान थाले ।
सरकारबाट यसरी अपमानजनक ढंगले निकालिएको यादवका लागि यो पहिलोपटक थिएन । करिब ठीक यही प्रकृतिको घटना तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा पनि भएको थियो । संघीय शासन प्रणालीको स्थापना र २०७४ को आम निर्वाचन यताका ७ वर्ष कुनै पार्टीले निरन्तर सरकार चलाएका मधेशमा जसपाले मात्र हो ।
भारतीय राजनीतिमा बढि चासो राख्ने यादवले बिहारका लालु र उत्तरप्रदेशका मुलायम सिंह यादवबाट राजनीतिक सूत्रको पहिचानलाई अँगालेका थिए । यादवको राजनीतिमा अहिले सम्म यही पहिचानले काम गरि राखेको बताउँछन् जसपामा यादव निकट एक नेता ।
मधेश आन्दोलन चरमोत्कर्षमा रहेको र ‘फोरम’ लोकप्रियताको शिखरमा भएको बेला नेपाली कांग्रेसबाट महन्थ ठाकुरलाई निकालेर रातारात ‘तराई–मधेश लोकतान्त्रिक पार्टी’ (तमलोपा) बनाइयो । खासमा यो पार्टीको मधेश आन्दोलनमा कुनै ठूलो भूमिका थिएन । जातीय राजनीतिको मनोविज्ञान अहिले पनि मधेशमा भित्रभित्रै निसास्सिएको छ । यो यादवका लागि अवसर र चुनौती दुवै बन्नसक्छ । अवसर यो अर्थमा कि उनले नेतृत्व गर्ने सामाजिक समीकरणले उनलाई टिक्न मद्दत गर्दछ । चुनौती यस अर्थमा कि उनको पार्टीलाई विकास र विस्तार गर्न सजिलो नहुने मात्र हैन, लगभग असंभव बनाइदिन्छ ।उनको यही चरित्रको संकेत हो कि पार्टी फुटेको बेला एकता महाधिवेशन गर्दैछन् । फुटको पीडाका रन्थनिएर पनि उनी महाधिवेशन स्थगन नगर्ने निर्णयमा पुगेका छन् ।
राजनीतिक परिदृष्यलाई नियाँल्ने हो यादव नेपाली राजनीतिका एक महत्वपूर्ण पात्र अवश्य हुन् । मधेश आन्दोलनसँग जोडिएको उनको लिगेसीको कारण जनमत हासिल गर्न सजिलो हुने अपेक्षाले अन्य धारका नेता उनीसँग जोडिन्छन् ।
तर, सँगै बसेर व्यवहार गर्न थालेपछि टिक्न गह्रो पर्छ । यादव पार्टीभित्र एकल शक्ति अभ्यासको चाहना राख्दछन्, जो अरुका लागि सैह्य हुँदैन । कम्युनिष्ट पृष्ठभूमिका यादवका कम्युनिष्ट विचार परित्याग गरेको दशकौं भइसक्दा पनि ‘लेनिनवादी’ मोडेलको पार्टी संगठन सञ्चालन गर्ने मोह जीवितै देखिन्छ । उनी पार्टीभित्रको आन्तरिक नियन्त्रणलाई असाध्यै धेरै महत्व दिन्छन् जसले अरुलाई धेरै दिन उनीसँग रहनै दिंदैन ।
आफनो राजनीतिक प्रतिष्ठालाई अब कसरी बचाउने भन्ने कुरा अहिले यादवको लागी अहम बनेको छ । अब हेर्न बाँकी छ ‘एकताको राष्ट्रिय महाधिवेशन’ले यादवलाई कता लैजान्छ । यो महाधिवेशनले यादवको राजनीतिक भविष्य पनि निर्धारण गर्ने बताउँछन् यादव निकट केही नेताहरु ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments