नेप्से परिसूचक ४ दशमलव ५९ अंक घटेर २ हजार ७३ दशमलव १९ विन्दुमा
- जेष्ठ २७, २०८१ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक घटेर बन्द भएको छ । आइतवारसँगै लगातार तीन कारोबार दिन नेप्से घटेको हो । आइतवार नेप्से परिसूचक ४ दशमलव ५९ अंक घटेर २ हजार ७३ दशमलव १९ विन्दुमा कायम भएको छ ।
आइतबार कारोबार रकम भने बढेको छ । अघिल्ला कारोबार दिनम रू. ४ अर्ब ३८ करोड बराबरको कारोबार भएकोमा आज रू. ५ अर्ब भन्दा बढी भएको छ ।
२१ सय विन्दुभन्दा तल झरेपछि बजार केही सुस्त देखिरहेको छ । सूचकमा खासै ठूलो उतारचढाव देखिएको छैन । नेप्से २ हजारको मनोवैज्ञानिक रेखाबाट माथि जान सकेको छैन भने ठूलो अंकले तल झर्न पनि सकेको छैन ।
यसअघि आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुनु अघि नेप्से २१ सय विन्दुभन्दा माथि नै टिकेको थियो । तर बजेट सार्वजनिक भएपछि सूचक पुनः २ हजारको लाइनमा झरेको छ । मौद्रिक नीतिका लागि राष्ट्र बैंकले सरोकारवालासँग सुझाव पनि मागेको छ भने लगानीकर्ता नयाँ मौद्रिक नीतिको पर्खाइमा छन् ।
यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ५८ प्रतिशत,फ्लोट इन्डेक्स शून्य दशमलव ३४ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ६९ प्रतिशत घटेको छ ।
३१३ धितोपत्रको १ करोड ४ लाख ५२ हजार १२८ कित्ता सेयर ६९ हजार २१९ पटकमा रू. ५ अर्ब १८ करोड बराबरको कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये चार धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । इर्ष्टन हाइड्रोपावर,शुभम पावर ,सिटी होटल र कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।
आइतवार बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा भने नेगेटिभ सर्किट लागेको छ । यस कम्पनीको सेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आइतबार १० प्रतिशत घटेसँगै नेगेटिभ सर्किट लागेको हो । सेयर मूल्य प्रतिकित्ता रू.६४३ दशमलव ५० मा झरेको छ ।
त्यस्तै दोस्रोमा पोखरा फाइनान्सको सेयर मूल्य ७ दशमलव १२ प्रतिशत घटेर रू.५७० कायम भएको छ । सर्वाधिक सेयर खरीदविक्रीको हिस्सा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले ओगटेको छ । यस कम्पनीको रू. ३२ करोड ३ लाख बराबरको भएको हो । सेयर मूल्य प्रतिकित्ता रू. ६५० कायम भएको छ । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको रू.२१ करोड १३ लाख बराबरको भएको हो ।
कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये अन्य समूहको सूचक स्थिर रहेको छ भने चार समूहको सूचक बढेको छ बाँकी आठ समूहको सूचक घटेको छ । सबैभन्दा बढी होटल तथा पर्यटन समूहको सूचक २ दशलमव ९२ प्रतिशत वृद्धि भएको छ भने ब्यापार समूहको सूचक १ दशमलव ५४ प्रतिशत घटेको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments