नरेन्द्र मोदीले तेस्रो पटक लिए भारतीय प्रधानमन्त्रीको शपथ
- जेष्ठ २७, २०८१ मा प्रकाशित
कासिन न्यूज,
नयाँ दिल्ली ।
छिमेकी मुलुक भारतका नवनियुक्त प्रधानमन्त्री नरेन्द्र मोदी लगातार तेस्रो पटक भारतको पद तथा गोपनीयताको शप लिएका छन् । जवहराल नेहरुपछि लगातार तीन पटक प्रधानमन्त्री हुने दोस्रो व्यक्ति मोदी भएका छन् । राष्ट्रपति द्रौपदी मुर्मूले नरेन्द्र मोदीलाई नयाँ दिल्लीमा आयोजित भव्य समारोहमा पद तथा गोपनीयताको शपथ दिलाइन् ।
नरेन्द्र मोदी सन् २०१४ मा पहिलो पटक भारतको प्रधानमन्त्री बनेका थिए । त्यसपछि सन् २०१९ मा भाजपाको पूर्णबहुमतसहित प्रधानमन्त्री बने। तर यस पटक भाजपाले बहुमत ल्याउन नसक्दा उनी एनडीए गठबन्धनको प्रधानमन्त्री भएका छन् ।
नरेन्द्र मोदीको अगुवाईमा एनडीए गठबन्धनले भारतका ५४३ लोकसभा सीटमा २९३ वटा जितेको छ । भाजपाले २४० मात्रै सिट जितेर बहुमत ल्याउन असफल भयो ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments