अत्यधिक काम र चर्को गर्मीका कारण हृदयाघात, मुटुजन्य रोगबाट हुने मृत्युको परिमाण निकै
- जेष्ठ २८, २०८१ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
खाडी मुलुकमा अत्यधिक काम र चर्को गर्मीका कारण हृदयाघात, मुटुजन्य रोगबाट हुने मृत्युको परिमाण निकै धेरै छ । सन् २०१९ मा गरिएको अध्ययन कार्डियोलोजी जर्नलमा प्रकाशित भएको छ जसमा कतारमा नेपाली श्रमिकका मृत्युका मुख्य कारण अत्यधिक गर्मीलाई मानिएको छ ।
वैदेशिक रोजगार बोर्डका अनुसार पछिल्लो १५ वर्षमा खाडी र मलेसियामा कम्तीमा ११ हजार ७ सय ६० जना नेपालीले ज्यान गुमाएका छन् तर २ हजार २ सय ६९ श्रमिकका परिवारले मात्र क्षतिपूर्ति पाएका छन् । यी मुलुकमा सडक दुर्घटना र कार्यस्थल दुर्घटनामा परी मृत्यु भएकालाई मात्रै क्षतिपूर्ति दिने कानुनी व्यवस्था छ । जसअनुसार पछिल्लो १५ वर्षमा खाडी र मलेसियामा सडक दुर्घटनामा परी ज्यान गुमाउने श्रमिक १ हजार ४ सय ९३ र कार्यस्थल दुर्घटनामा ज्यान गुमाउने ७ सय ७६ श्रमिकका आश्रित परिवारले मात्रै क्षतिपूर्ति पाएका छन् ।
श्रम गन्तव्य मुलुकमा ज्यान गुमाउनेमध्ये १२.६९ प्रतिशतको सडक दुर्घटना र ६.५९ प्रतिशतको मृत्यु कार्यस्थलमा भएको दुर्घटनामा मृत्यु भएकाले यी १९ प्रतिशतका परिवारले क्षतिपूर्ति पाएका हुन् । तर, उनीहरूमध्ये धेरैले अथाह सास्तीपछि मात्र रकम पाएका हुन् ।
क्षतिपूर्ति नपाउने ८१ प्रतिशतमध्ये २ हजार ३ सय २८ (१९.७९ प्रतिशत) को मृत्यु प्राकृतिक रूपमा भएको हो भने २ हजार ५ जना (१९.६ प्रतिशत) को मृत्यु हृदयाघात र मुटुजन्य रोगबाट भएको हो । त्यस्तै १ हजार ३ सय १५ (११.१८ प्रतिशत) ले आत्महत्या गरेका हुन् । कोभिडबाट ज्यान गुमाउनेको संख्या २ सय २३ (१.८९ प्रतिशत) छ । अन्य विभिन्न कारणबाट मृत्यु भएका ३ हजार ३ सय २० (२८.२३ प्रतिशत) का आश्रित परिवारले पनि क्षतिपूर्ति पाएका छैनन् ।
एम्नेस्टी इन्टरनेसनलले चासो देखाउँदै नेपाली कामदारको मृत्यु प्रमाणपत्र जारी गर्नुअघि गम्भीर अनुसन्धान गर्न कतार सरकारलाई आग्रहसमेत गरेको थियो । तर, अझै पनि न गम्भीर अध्ययन भएको छ, न नेपालले सार्थक पहल गर्न सकेको छ । त्यसैले त्यसरी ज्यान गुमाउने कामदारका परिवारले क्षतिपूर्ति पाउने व्यवस्था हुन सकेको छैन ।
परराष्ट्र मन्त्रालयको कन्सुलर विभागको अभिलेखअनुसार पछिल्ला तीन वर्षमा गन्तव्य देशसँग क्षतिपूर्ति रकम दाबी गर्दै १ हजार ३ सय १४ परिवारले दूतावासमा निवेदन दिएका छन् । श्रमिकका आश्रित परिवारले क्षतिपूर्ति रकम दाबी गरे पनि सहजै पाउने अवस्था छैन । क्षतिपूर्ति नपाइने मनोविज्ञान भएकाले परिवार पहिले हच्किने अवस्था छ ।
खाडी क्षेत्र र मलेसियामा क्षतिपूर्ति दिइने रकम दर पनि फरक–फरक छ । खाडी क्षेत्रमा एक जना श्रमिकको मृत्यु भएमा ‘ब्लडमनी’ बापत सामान्यतया स्थानीय २ लाख (करिब ७० लाख रुपैयाँ) दिनुपर्ने नियम छ । साउदी अरबमा मृतक श्रमिकका परिवारले तीन प्रकारका क्षतिपूर्ति रकम पाउँछन् । काम गरेको वर्षका आधारमा रोजगारदाता कम्पनीले उपदान दिन्छ ।
साउदीमा श्रमिकहरूलाई क्षतिपूर्ति दिने निकाय गोसीले सडक दुर्घटना र कार्यस्थलमा मृत्यु भएकालाई मात्रै क्षतिपूर्ति रकम दिने गर्छ । गोसीले पीडित परिवारलाई सिधै रकम पठाइदिने गरेको छ । रियादस्थित नेपाली दूतावास र जेद्दास्थित नेपाली महावाणिज्यदूतको कार्यालयले ६ सय जना श्रमिकको क्षतिपूर्तिका लागि मुद्दा लडिरहेका छन् ।
दूतावासहरूले मुद्दा जितेमा कुल क्षतिपूर्तिको ८ देखि २५ प्रतिशतसम्म वकिलले पाउने गरी सम्झौता गरेका छन् । न्यायिक सेवा दिन दूतावास आफैंसँग स्रोत र जनशक्ति नभएको भन्दै क्षतिपूर्तिकै रकमबाट कट्टा हुने गरी सम्झौता गरिएको हो ।श्रमिकको २४ घण्टा नै सुरक्षाको जिम्मेवारी लिन सम्बन्धित देशसँग बलियो कूटनीतिक पहल गर्न चुकिरहेका छौं ।’
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments