देवकोटा र मनाङेको मत आफ्नो पक्षमा पार्दै मुख्यमन्त्री पाण्डेले बहुमत प्राप्त गरे

- जेष्ठ २८, २०८१ मा प्रकाशित


कासिन न्यूज,
पोखरा ।

नेकपा माओवादी केन्द्र संसदीय दल गण्डकीको ह्वीप विपरीत सांसद फणिन्द्र देवकोटाले समर्थन गर्दा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत प्राप्त गरेका छन् ।
जेठ १६ गते संसद्को ठूलो दलको हैसियतले मुख्यमन्त्री नियुक्त भएका सुरेन्द्रराजले सोमबार ६० सदस्यीय प्रदेश सभामा बहुमत, ३१ सांसदको समर्थन पाएका छन् ।
नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा समर्थन गर्न गएपछि एमालेको नाराबाजी र विरोधबीच सुरेन्द्रराजले बहुमत जुटाएका हुन् ।
सुरेन्द्रराजका पक्षमा ३१ सांसदले हस्ताक्षर गरेकाले विश्वासको मत प्राप्त गरेको सभामुख कृष्णप्रसाद धितालले घोषणा गरे । एमालेका २२ र माओवादीका ६ सहित २८ सांसदले पाण्डेले मागेको विश्वासको प्रस्तावका विपक्षमा मत हालेका छन् ।
राप्रपाका २, माओवादी चुनाव चिह्नबाट विजयी नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटा र मनाङबाट स्वतन्त्र चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरी फेरि स्वतन्त्र हैसियत मागेका राजीव गुरुङ (दीपक मनाङे)को मत आफ्नो पक्षमा पार्दै मुख्यमन्त्री पाण्डेले बहुमत पाएका हुन् ।

२७ सदस्यीय कांग्रेस संसदीय दलका नेता पाण्डेले काठमाडौंबाट शीर्ष तहमै समझदारी गरेर सोमबार विश्वासको मत लिने निष्कर्षमा पुगेका हुन् ।
पछिल्लो पटक खगराज अधिकारीलाई नै विश्वासको मत दिएका फणिन्द्रले यसपटक सुरेन्द्रराजलाई समर्थन गर्ने डा. बाबुराम भट्टराईले नै बताएका थिए ।

प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ताको बलमा नेसपाका ३ सांसदलाई कब्जा गरेको भट्टराईले बताउँदै आएका थिए । गण्डकीमा फणिन्द्रको फ्लोरक्रस हुनुलाई प्रचण्डसँग बाबुरामको बदलाको हिसाबले नेताहरूले हेरेका छन् ।

माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले माओवादी संसदीय दलका सबै सदस्यलाई ह्वीप जारी गरेका थिए ।पूर्वमुख्यमन्त्री खगराज अधिकारीले संसदमा बोल्दै एउटा दलको सांसदले अर्को दललाई मत दिने विकृति नदोहो¥याउन आग्रह गरेका थिए ।

माओवादीले आफूहरूमाथि गरेको अपमानजक व्यवहारकै कारण आज यो परिस्थिति निर्माण भएको फणिन्द्रले बताएका छन् ।ह्वीप उल्लंघन गरेको भन्दै माओवादीले फणिन्द्रलाई कारबाही गर्ने चेतावनी दिएको छ । तर फणिन्द्र संसदीय दल माओवादी भए पनि पार्टी नेपाल समाजवादी नै भएको र कारबाही गर्न नमिल्ने नेताहरूको भनाइ छ ।

सुरुमा खगराज मुख्यमन्त्री हुँदा मन्त्री लिएर सरकारमा गएको राप्रपाले केन्द्रीय सत्ता समीकरण फेरिएसँगै दोस्रो पटक संसद्मा तटस्थ बसेको थियो । पछिल्लो समय केन्द्रीय सत्ता गठबन्धनलाई साथ नदिने निर्णयमा पुगेको राप्रपाले गण्डकीमा सुरेन्द्रराजलाई साथ दिएको छ ।

केन्द्रीय सत्ता समीकरण बदलिँदा प्रदेशमा छाप नपरोस् भनेर केन्द्रको गठबन्धनका विपक्षमा गण्डकीमा सुरेन्द्रराजलाई समर्थन गरेको राप्रपा संसदीय दलका नेता पञ्चराम तमुले बताएका छन् ।

६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि जसले ३० पु¥याउँछ उसैलाई आफूले आफूले मत दिएर ३१ पु¥याइदिने स्वतन्त्र सांसद दीपक मनाङेले स्पष्ट भनिरहेकाले मुख्यमन्त्री पाण्डेको अर्को रणनीति नेसपाका सांसद देवकोटालाई आफूतिर तान्नु थियो । मनाङेले यसअघि पनि जता बहुमत हुन्छ, उतै समर्थन गर्दै पाँचौ पटक मन्त्री बनिसकेका छन्

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर