को हुन् सानै उमेरमा आईसीसी टी–२० विश्वकपमा भिडिरहेका प्रतिश जीसी ?
- जेष्ठ २८, २०८१ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
यतिबेला संयुक्त राज्य अमेरीकामा जारी आईसीसी टी–२० विश्वकप प्रतियोगितामा कुशल बलरको रुपमा शक्तिराष्ट्रहरुसँग आफ्नो कौशलता प्रर्दशन गरीरहेका प्रतिश जिसी आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत दक्षिण अफ्रिका र बंगलादेशविरूद्धको खेलका लागि नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछाने वेस्ट इन्डिजबाट सहभागि हुने भएपछि खेलबाट बाहिरीने भएका छन्।
सानै उमेरमा क्रिकेट एकेडेमी जान सुरु गरेका प्रतीश जीसीको सपना थियो- नेपालका लागि विश्वकप खेल्ने । कलिलै उमेरमा स्कुलस्तरको क्रिकेट खेल्न सुरु गरेका प्रतिशले नेपालले सन् २०१४ मा पहिलो पटक टी-२० विश्वकप खेलेको देखेपछि आफ्नो सपना एक दिन पूरा गर्ने संकल्प लिए । त्यही संकल्प, प्रेरणा र मेहनतले उनलाई विश्वकपसम्म पुर्याएको छ । प्रतिश ट्यालेन्ट हन्टमार्फत् उदाएका मिडियम फास्ट बलर हुन् ।
नेपाली क्रिकेटमा एउटा भनाइ निकै प्रचलित छ “रोय डियाजले खेल्न सिकाए, पुबुदु दसानायकेले जित्न ।” सानै उमेरमा प्रतिश जिसीको क्रिकेट कौशलले तिनै पुबुदुलाई प्रभावित पार्यो । ट्यालेन्ट हन्टमार्फत् काठमाडौंको यू-१६ टीमबाट उमेर समूहको राष्ट्रिय प्रतियोगिता खेल्न सुरु गरेका प्रतिशले २०१७ मा अन्डर १६ टोली मार्फत् नेपालको प्रतिनिधित्व गर्ने अवसर पाए । प्रतिश सोही वर्षको एभरेष्ट प्रिमियर लिग ईपीएलमा ट्यालेन्ट हन्टबाटै ललितपुर प्याट्रियट्समा सामेल भए ।
ट्यालेन्ट हन्टबाट पनि कोही उम्दा खेलाडी निस्कन सक्छ भन्ने राम्रो उदाहरण हो, प्रतिश जिसी । उनको खेलको एउटा ठूलो विशेषता हो, कम उमेरदेखि औपचारिक रूपमा प्रशिक्षण पाउनु । प्युठानका प्रतिशले सन् २०१४ देखि नै स्कुलस्तरबाटै क्रिकेटको प्रशिक्षण लिन सुरु गरेका थिए । जतिबेला नेपाल क्रिकेट संघ (क्यान) अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को निलम्बनबाट गुज्रिरहेको थियो, त्यतिबेला उनी सात कक्षामा पढ्थे ।
त्यतिबेला नेपाली टिमका प्रशिक्षक रहेका पुबुदु दसानायके क्रिकेट एकेडेमी चलाउँथे । त्यसमा प्रतिश साताको एक दिन प्रशिक्षणका लागि जान्थे । पछि हिमालयन क्रिकेट एकेडेमीसँग जोडिए । त्यसपछि काठमाडौंको यू–१६ का लागि भएको ट्यालेन्ट हन्टबाट चुनिए । सन् २०१७ मा उनले नेपालका लागि यू–१६ खेलेका थिए ।
सन् २०१९ मा कप्तान रोहित पौडेलको नेतृत्वमा यू–१९ आईसीसी विश्वकप छनोट खेले । त्यसमा उनले कुवेत र ओमन विरुद्ध खेल्ने अवसर पाए । ओमन विरुद्धको खेलमा उनले आफ्नो प्रभाव छोड्न सके । त्यसमा उनले ४१ रन मात्र बनाएनन्, दुई विकेट पनि लिए । त्यसयता उनले आफूलाई बायाँ हाते तीव्र गतिका बलरका रूपमा आफूलाई स्थापित गरेका छन् । उनी ब्याटिङचाहिं दायाँ हातबाट गर्छन् ।
घरेलु क्रिकेटमा प्रवेश
प्रतिशले अहिलेसम्म तीन संस्करणका प्रधानमन्त्री कप खेलेका छन् । ट्यालेन्ट हन्टकै माध्यमबाट उनले तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा पनि चुनिए तर खेल्न भने पाएनन् । त्यसपछि चौथो संस्करणको ईपीएलमा विराटनगर वारियर्सका लागि खेले ।
त्यतिबेला विराटनगर पारस खड्काको कप्तानीमा थियो । त्यसमा उनले पाँच खेलमा चार विकेट लिए । त्यसपछि प्रतिशले नेपाल टी–२० लिगको पहिलो संस्करणमा पोखरा एभेन्जर्सबाट खेलेका थिए । उनले आठ खेलमा तीन विकेट लिएका थिए ।
नेपालका लागि प्रदर्शन
नेपाली राष्ट्रिय टिममा प्रवेशको कारण उमेर समूह र फ्रेन्चाइज क्रिकेटमा उनको आशलाग्दो प्रदर्शन नै रहेको छ । आईसीसी क्रिकेट लिग–टु अन्तर्गतको यूएईको टुरमा नेपाली सिनियर राष्ट्रिय टिममा डेब्यु गरेका हुन् ।
यूएई भ्रमणका बेला पीएनजी विरुद्धको खेलमा डेब्यु गरे । प्रतिश नेपाली राष्ट्रिय सिनियर टिममा डेब्यू गर्ने ३७औं सदस्य हुन् । सोही खेलमा उनले आफ्नो डेब्यू विकेट पनि लिए । उनले उक्त खेलमा ६ ओभर बलिङ गर्दै ३७ रन खर्चेर १ विकेट लिएका हुन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments