पश्चिमी वायुको प्रभावले हावाहुरी, मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

- जेष्ठ २९, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली भई केही स्थानमा हल्का वर्षा भइरहेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

मंगलबार दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्विनी, कर्णाली र सदूररपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

राती कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर