नीलो र सुनौलो रंगको मिश्रित पहिरनले खिचेको ध्यान

- जेष्ठ २९, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

चलचित्र ‘खजुरे ब्रो’ बाट फिल्म क्षेत्रमा पाइला बढाएकी अभिनेत्री नीति शाह अहिले निकै व्यस्त नायिकाको कोटरीमा आउन थालेकी छिन् । नीतिको अहिले आफ्नो नयाँ चलचित्र ‘ज्वाइँ साब’ मा व्यस्त छिन् । यो चलचित्रको छायांकन पूरा भए लगत्तै उनी अर्को नयाँ चलचित्र ‘रुखान’ मा व्यस्त हुनेछिन् ।
फिल्ममा अभिनय सँग–सँगै नीति ब्राण्ड इन्डोर्समेन्ट, चलचित्रको प्रीमियर शोमा सहभागिता जनाउनुका साथै फेसन शोहरुमा क्याटवाक गर्न समेत भइरहेकी छिन् ।
यसैबीच, हालै काठमाडौंमा सम्पन्न फेसन विकमा नीति विशेष आकर्षणको रूपमा रहिन् । शोमा उनले डिजाइनर वेयर त प्रदर्शन गरिन् नै, आफ्टर इभेन्ट पार्टीमा पनि रमाइन् ।

यसैबीच, उक्त शोमा सहभागिता जनाउने क्रमको एउटा आकर्षक क्लिप उनले इन्स्टामा शेयर गरेकी छिन् ।
उक्त शोमा अन्य सेलिब्रेटीले प्रदर्शन गरेका पहिचान झैँ, नीतिले प्रदर्शन गरेको पहिरनले पनि राम्रो चर्चा पाएको थियो । उनले शेयर गरेको क्लिपमा समेत पहिरनको प्रशंसा गरिएको छ ।

र्याप वाकका क्रममा नीतिले लगाएको नीलो र सुनौलो रंग मिश्रित पहिरनले सबैको ध्यान आकर्षित गरेको थियो । उनले उक्त र्याप वाकको भिडियो जसै सामाजिक सञ्जालमा शेयर गरिन् ।
धेरैको ध्यान उनको पहिरन र उनको सुन्दरताको प्रशंसा गरेका छन् । यद्यपि, केही प्रतिक्रियामा भने उनको व्यक्तिगत सम्बन्धका बारेमा सकारात्मक टिप्पणी गरिएको छ ।

नीतिको उक्त भिडियोमा ‘तिम्रो दिन बलियो रहेछ, विवादमा पर्न परेन’ जस्ता प्रतिक्रियाहरुले नीतिलाई पुनः एक पटक उनको अतितसँग जोडिएको छ । नीतिका लागि आएका ती कमेन्टहरुमार्फत अहिले पनि नीतिलाई उनको विगतका कुरालाई चर्चाको विषय बनाइएको छ ।

नीतिले धेरै पटक विगतको कुरा नगर्न आग्रह गरेता पनि फ्यानहरुले भने उनको आग्रहलाई भन्दा बढी चर्चाको विषयलाई महत्व दिएको पाइन्छ । यद्यपि, नीतिको समर्थनमा प्रतिक्रिया दिइएता पनि सम्भवको कुरा आउँदा नीतिको नाम जोड्नु नै पर्ने फ्यानहरुको यो कस्तो बाध्यता हो ?

What’s your Reaction?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर