विश्वासको मतको पैंचो मन्त्री पद : भौतिक पूर्वाधारपछि सबैभन्दा धेरै बजेट भएको मन्त्रालयमा मन्त्री बने देवकोटा
- जेष्ठ २९, २०८१ मा प्रकाशित
कासिन न्यूज,
पोखरा।
संविधानको धारा १६८ (५) मा गएर बहुमत पु¥याउन सक्ने कुनै एक प्रदेश सभा सदस्य मुख्यमन्त्री बन्न सक्ने परिस्थितिमा ह्वीप पनि नलाग्ने भएकाले त्यही अनुसार गर्ने धेरैको अनुमान थियो । तर, फणिन्द्र देवकोटाले मत नदिँदा सुरेन्द्रराज पाण्डेको सरकार ढलेर अर्को सरकार बन्ने स्थिति पनि नहुने देखेपछि ह्वीप लगाए पनि समर्थन गर्ने निर्णयमा पुगेका हुन् ।
देवकोटा फ्लोर क्रस गरेर कांग्रेसका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएको भोलिपल्ट ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त भए । उनी ४ मंसिर २०७९ को प्रदेशसभा चुनावमा नेकपा माओवादी केन्द्रको चुनाव चिह्न लिएर उठेका नेपाल समाजवादी पार्टीका सांसद हुन् ।
प्रचण्डले एमालेलगायतसँग समीकरण गरेपछि गण्डकीमा बनेको खगराज सरकारमा फणिन्द्रले मन्त्री हुने आकांक्षा राखेका थिए । देवकोटाले मन्त्री त बन्न पाएनन् तर माओवादी कोटाबाटै सामाजिक विकास समिति सभापति बनेका थिए ।
पछिल्लो समय नेपाल समाजवादी पार्टीको एक समूहले माओवादी केन्द्रसँग एकताको सहमति गरिसकेको छ । तर एकताको विपक्षमा रहेका बाबुराम भट्टराईसँगै छन् देवकोटा पनि ।
माओवादीले उनलाई कारबाही गर्ने बताइसकेको छ तर डा. भट्टराई र देवकोटाले भने कारबाही गर्न नमिल्ने बताइरहेका छन् । देवकोटाको कारबाहीबारे विभिन्न बहस भइरहेका बेला संसद जोगाउनका निम्ति भन्दै पाण्डेलाई विश्वासको मत दिएर मन्त्री बनेका देवकोटाको मन्त्रालय ऊर्जा, जलस्रोत तथा खानेपानी भौतिक पूर्वाधारपछि सबैभन्दा धेरै बजेट भएको मन्त्रालय हो ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments