•  २४ मंसिर २०८१, सोमबार

गृहमन्त्रीले उन्मुक्ति पाउँछन् कि सजाय भोग्छन् त्यो उनकै बलिया सारथीहरु प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीको हातमा

- जेष्ठ ३०, २०८१ मा प्रकाशित


३० जेष्ठ, २०८१ ।
राष्ट्रिय राजनीतिको परिवेशलाई सधैं आफनो वरिपरी घुमाई रहने क्षमता भएका नेताको पगरि गुथेका नेतृत्व हुन् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड । उनको धेय भनेको जसरी हुन्छ शासन सत्ता कब्जा गर्नु नै रहेको हुन्छ । जसका लागि प्रधानमन्त्री दाहाल जस्तो तिकडम बाजी पनि लगाउन पछि पर्दैनन् । अहिले प्रधानमन्त्री दाहालले नेतृत्वको गरेको दल नेकपा माओवादी केन्द्र जसले निर्वाचनमा तेस्रो दलको भूमीकामा खुम्चिए पनि सरकारको नेतृत्व गरिरहेको छ । पहिलो दलको रुपमा बिजयी भएको नेपाली कांग्रेस बिपक्षी दलको भूमीका निर्वाह गरिरहेको छ ।

यीनै राजनीति परिदृष्यहरुलाई नजिकबाट नियाँल्ने हो भने यसलाई प्रधानमन्त्री दाहालको नेतृत्व क्षमता भन्दा फरक नर्पला । प्रधानमन्त्री दाहालले आफनो नेतृत्व कला देखाउनको लागि भर्खरै मात्र नेपाली राजनीतिको भूगोलमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) त्यसमा पनि यसका सभापति रवि लामिछानेलाई काँधमा बोकेर उनलाई उपप्रधान एवं गृहमन्त्री जस्तो महत्वपूर्ण मन्त्रालय दिए ।

जसको फाइदा उठाएर अहिले उपप्रधान एवं गृहमन्त्री लामिछाने संचार देखी विभिन्न क्षेत्रलाई आफनो आँखाको तारो बनाइरहेका छन् । अझ अहिले चर्चाको लागि मूल बिषय बनेको छ सहकारी काण्ड । जुन काण्डमा उपप्रधान एवं गृहमन्त्री लामिछाने स्वयं फसेका छन् । सहकारी काण्डलाई सुल्झ्याउनको लागि नेपाल सरकारले उच्च स्तरिय सरकारी समिती गठन गरेर काम पनि लगाई सकेको छ । तर सहकारी काण्डमा फसेका लामिछाने उपप्रधान एवं गृहमन्त्री छन् । जसको प्रतिकुल असर छानविनमा नर्पला भन्न सकिंदैन् ।
यहि बिषयलाई लिएर अहिले प्रमुख प्रतिपक्षी दलको भूमीका निर्वाह गरिरहेको नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री स्वयं संग्लन रहेको सहकारी काण्डलाई दह्रो रुपले उठान गरिरहेको छ । बिशेष गरेर कांग्रेसका युवा नेतृत्वहरुले छानविन समितीलाई लिएर आशंका प्रकट गरिरहेका छन् । जुन एक प्रकारले स्वभाविक पनि हो । यस्तै अवस्थामा छानविन समितीले आफनो काम गर्ने हो भने हात्ती आयो हात्ती आयो फुस्सा शैली नदेखीएला भन्न सकिदैन् । किनकी बिगतमा यस्तो शैलीले विभिन्न वरिष्ठ राजनेताहरु चोखीदै आएका उदाहरणहरु प्रशस्त छन् ।
लोकतन्त्रको बिजारोपण भएको हाम्रो जस्तो अल्पबिकसीत मुलुकमा भर्खर मात्र वाक स्वतन्त्रताको प्रतिध्वनी गुन्जिन थालेको छ । यहि वाक स्वतन्त्रताको भरपूर प्रयोग नेपाली राजनीतिको बजारमा भर्खर मात्र पाइला राखेका उपप्रधान एवं गृहमन्त्री लामिछाने गरे । जुन स्वतन्त्रता उनको लागि त्यति मजबुत होला जस्तो लाग्दैन् ।
नेपाली राजनीतिका एक लहरले जसरी उपप्रधान एवं गृहमन्त्री लामिछाने लाई बिश्वास गरेका थिए । त्यो पनि अब बिस्तारै हराउने स्थितीमा पुग्न थालेको छ । भनौ अब त्यो हराई नै सकेको छ ।

त्यो सँगै उपप्रधान एवं गृहमन्त्री लामिछानेमा सत्ता र शक्ति बिना बाच्न नसक्ने जस्तै पानी बिनाको माछो बनाएको छ । जसका लागि उपप्रधान एवं गृहमन्त्री लामिछानेका बलियो सारथी बनेका छन् प्रधानमन्त्री दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली । यीनै बलिया सारथीहरुको आडमा अहिले उपप्रधान एवं गृहमन्त्री लामिछाने निकै चम्किरहेका छन् । जुन चम्काई कतिजेल टिक्ने त्यो त भविष्यले बताउने नै छ । उता प्रतिपक्षी दल कांग्रेसले उठान गरिरहेको सहकारी काण्डमा उपप्रधान एवं गृहमन्त्री लामिछाने उन्मुक्ति पाउँछन् कि सजाय भोग्छन् त्यो उनकै बलिया सारथीहरु प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीको हातमा छ ।

What’s your Reaction?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर