कुवेतको माग्फास्थित लेवर क्याम्पमा आगलागी : ५ जना नेपालीले झ्यालबाट हाम्फालेर ज्यान जोगाए
- जेष्ठ ३०, २०८१ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
कुवेतको माग्फास्थित एक लेवर क्याम्पमा आगलागी हुदाँ ५ जना नेपालीले झ्यालबाट हाम्फालेर ज्यान जोगाएका छन् । यो आगोलागीमा परी मृत्यु हुनेको संख्या ४९ जना पुगेको छ । मृत्यु हुने श्रमिकहरु को कुन देशका हुन् भनेर पहिचान भइसकेको छैन ।
हाम्फालेर भाग्दा घाइते भएकामध्ये तीन जनाको अस्पतालमा उपचार भइरहेको छ । जसमा शिवगुञ्ज–झापाका दोर्जे लामा, सिराहाका शिवशंकर पासवान, दिनेशकुमार मण्डल, सन्तोषकुमार गोटी र जाकिर नदप रहेका छन् ।
लामा, मण्डल र पासवानको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । गोटी र जाकिरलाई अस्पतालमा भर्ना गरिएको छैन । ‘आगोलागी हुँदा म दुईतलामाथि थियौं । भुँईतलाबाट आगलागी भयो । धुवाँको मुस्लोले कोठा भरियो’, नेपाली दूतावासका अधिकारीहरुसमक्ष लामाले भने, ‘कोठामा लुगा सुकाउने डोरी थियो । त्यो डोरीबाट विस्तारै बिस्तारै तल झ¥यौ ।’
लामा र पसवानलाई अदान अस्पतालमा भर्ना गरिएको छ । पासवानले आफूहरु तल्लो तलामा रहेकोले बाँच्न सफल भएको बताए । ‘म तल्लो तलामा नै थिएँ । धुवाको मुस्लो आएपछि ढोकाबाट बाहिर आउने अवस्था भएन । क्याम्पको झ्याल फोरेर भाग्न सफल भयौं,’ पासवनले भने ।
उनीहरुलाई भेट्न नेपाली दुतावासका प्रथम सचिव सुजन बिडारी र श्रम सहचारी गिरी आचार्य अस्पताल पुगेका थिए । कुवेतको एनविटिसी कम्पनीमा कार्यरत श्रमिकहरु वस्ने क्याम्पमा आगोलागी भएको थियो । कुवेत सरकारले आगोलागीमा परी मृत्यु भएको राष्ट्रियता पहिचान गरिसकेको छैन ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments