आईसीसी टी-२० विश्वकप : अमेरिकालाई पराजित गर्दै भारत टी–२० विश्वकपको सुपर ८ मा
- जेष्ठ ३१, २०८१ मा प्रकाशित
कासिन न्यूज,
न्युयोर्क ।
आयोजक अमेरिकालाई पराजित गर्दै भारत आईसीसी टी–२० विश्वकपको सुपर ८ मा प्रवेश गरेको छ । अमेरिकाको नासाउ काउन्टी क्रिकेट स्टेडियममा बुधबार राति सम्पन्न खेलमा भारतले ७ विकेटले पराजित गरेको हो ।
अमेरिकाले दिएको १११ रनको लक्ष्य भारतले १८.२ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो । भारतको जितमा सूर्यकुमार यादवले अर्थशतक बनाए । उनले ४९ बलमा २ छक्का र २ चौकासहित ५० रन बनाएका हुन् । यस्तै रिषभ पन्तले १८ रनको योगदान दिँदा रोहित शर्मा ३ र विराट कोहली शून्य रनमै आउट भए ।
यसअघि पहिले ब्याटिङ गरेको अमेरिकाका लागि नितिश कुमारले सर्वाधिक २७ रन बनाउँदा स्टिभन टेलरले २४ रनको योगदान दिएका थिए ।
अमेरिकाको ब्याटिङ ध्वस्त बनाउने क्रममा भारतका अर्शदीप सिंहले ४ विकेट र हार्दिक पाण्ड्याले २ विकट लिएका थिए । जितसँगै भारत एक खेलअघि नै सुपर ८ मा पुगेको हो ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments