कोशी र मधेश प्रदेश : तराईका थोरै स्थानहरुमा हावा–हुरीको सम्भावना

- जेष्ठ ३१, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।
कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली भई बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेशको थोरै स्थानहरुमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ।
दिउँसोː कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशका लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा तथा बाँकी भू–भागको एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
रातीː कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।साथै कोशी प्रदेश र मधेश प्रदेशका तराईका थोरै स्थानहरुमा हावा–हुरीको समेत सम्भावना रहेको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर