समूह चरणका अन्तिम २ खेल खेल्न सेन्ट भिन्सेन्ट जानुपर्ने नेपाली क्रिकेट टोली अमेरिकामै रोकियो
- जेष्ठ ३१, २०८१ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
आइसिसी टि– २० विश्वकपको समूह चरणको आफ्ना अन्तिम २ का लागि सेन्ट भिन्सेन्ट जानुपर्ने नेपाली राष्ट्रिय क्रिकेट टोली अमेरिकाको फ्लोरिडाको खराब मौसमका कारण यही रोकिएको छ।
फ्लोरिडाबाट नेपाली टोली बुधबार साँझ सेन्ट भिन्सेन्ट जाने तालिका रहेपनि लगातारको वर्षाका कारण नेपाली टोलीको उडान रद्द भएको नेपाल क्रिकेट संघ (क्यान) का सदस्य तथा टोलीका व्यवस्थापक प्रदीप मजगैयाँले जनाएका छन् । बिहीबार कति बेला उडान हुने अहिले केही जानकारी नभएको मजगैयाँले बताए।
लगातारको वर्षाकै कारण नेपाल र श्रीलंकाबीच मंगलबार फ्लोरिडामा हुने खेल रद्द भएको थियो। सेन्ट भिन्सेन्टमा नेपाल र दक्षिण अफ्रिका बीच जुन १४ र नेपाल र बंगलादेशबीच जुन १६ मा खेल हुने तालिका छ।
आफ्नो पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो। समूहबाट ६ अंकसहित दक्षिण अफ्रिका सुपर एटमा पुगिसकेको छ। नेदरल्याण्ड्स र बंगलादेशको समान २ अंक तथा नेपाल र श्रीलंकाको समान १ अंक छ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments